काठमाडौं, फागुन ११–नेकपा माओवादीले द्धन्द्धकालिन मुद्धामा आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ती जनाएको छ । वृहत शान्ति सम्झौता अनुरुप युद्धकालीन मुद्दाहरु नचलाउने र सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने नीति विपरित मिथिला राज्य सदस्य सत्यनारायण महतोलाई पक्राउ गरिएको भन्दै उसले विरोध आपत्ती जनाएको हो । माओवादी प्रवक्ता पम्फा भुसालले एक वित्रप्ती जारी गर्दै घटनाको विरोध गर्दै उनको शीघ्र रिहाईको माग गरेकी छन् । विज्ञप्तीमा भनिएको छ– हाम्रो पार्टी यस घटनाको भत्र्सना एवं निन्दा गर्दै वहाँको स–सम्मान शीघ्र रिहाईको माग गर्दछ । साथै, यसप्रकारका घटना नदोहो¥याउन समेत आग्रह गर्दछ । यस्ता प्रकारका घटनाले सरकारले विस्तृत शान्ति सम्झौता भङ्ग गरी नेपालमा पुनः
द्वन्द्वमालैजान खोजेको स्पष्ट हुनेछ । शनिबार पक्राउ गरेका यादवलाई हिजो महोत्तरी प्रहरी कार्यालयमा राखिएको छ ।
द्वन्द्वमालैजान खोजेको स्पष्ट हुनेछ । शनिबार पक्राउ गरेका यादवलाई हिजो महोत्तरी प्रहरी कार्यालयमा राखिएको छ ।

No comments:
Post a Comment