Tuesday, March 25, 2014

भाइटिका लगाएकी हिरोइन, कसरी मेरी प्रेमिका ?

        गसिप बजारमा कोही हिरोइन कुनै निर्देशक या निर्मातासँग नजिक हुने वित्तिकै विभिन्न कोणबाट विश्लेषण गरिन्छ । दुई जनाको सम्बन्धलाई प्रेमको उपमा दिइन्छ पनि । यतिबेला नव निर्देशक मिलन चाम्स र नव नायिका हेमा श्रेष्ठको सम्बन्धले पनि यस्तै खालका उपमा पाएको छ । हेमा र मिलनको निकटता निक्कै छ । हेमालाई नै हेरेर मिलनले ‘हँसिया’ नामक सिनेमा बनाएका हुन् । उसो त हेमाले मिलनले निर्देशन गरेका थुप्रै म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छिन् । सायद यसैले पनि होला हेमा र मिलनको निकटताको बिषयमा विभिन्न खालका अड्कलबाजी सुरु भएको । तर ‘हँसिया’ डेब्यू निर्देशक मिलन चाम्सले हेमा र आफू
दाजुबैनी भएको रहस्य खोलेका छन् । मिलनले पहिलो पटक रहस्य खोल्दै भने, ‘बैनीका लागि सिनेमा बनायो भन्छन् भनेर म मौन थिए । हेमा मेरी बैनी हुन् । मैले उनीसँग भाइटिका लगाएको छु ।’ हेमासँग मिलनले ४ बर्ष अगाडि भाइटिका लगाएका थिए । हेमाको बाल्यकाल निक्कै संघर्षपूर्ण अवस्थामा बितेको बताउँदै उनले उनको जीवन कहानी सुन्दा आफूलाई आशु आएको बताए ।

No comments:

Post a Comment