बाबुरामले ओलीलाई भने-सहमति गर्न सघाउनुस्
९ असोज, काठमाडौं । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन् ।
बिहीबार बिहान ओली निवास बालकोटमा पुगेर भट्टराईले असोज १४ गतेभित्रै संविधान निर्माणमा सहमति जुटाउन बाँकी रहेका विषयमा पनि सहमति कायम गर्न सहयोग मागेका हुन् ।
उनले दलहरुबीच सहमति कायम गराउन सकारात्मक भूमिका निर्वाह गरिदिन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको स्रोतले जनाएको छ ।
एमाओवादी नेता भट्टराईले लामो समय संसदको अवरोध कायम रहन नहुने भन्दै संसद खुलाउने भूमिका खेल्न पनि ओलीलाई आग्रह गरेका छन् ।
उनले सबैलाई मान्य हुने खालको सहमति कायम गरि संसद सुचारु गर्न ओलीलाई आग्रह गरेका हुन् । उनले बिहीबार नै साना दलसँग पनि
छलफल गरेका छन् ।

No comments:
Post a Comment