Saturday, July 19, 2014

म्याग्दी जिल्लामा ९१ प्रतिशत विकास बजेट खर्च !

              सन्तोष गौतम, म्याग्दी  । आर्थिक वर्ष २०७०/७१ मा म्याग्दी जिल्लामा बिनियोजित मध्य ९१.४४ प्रतिशत बजेट खर्च भएको छ । जिल्ला स्थित सरकारी कार्यालय मार्फत विकास योजना तथा कार्यक्रमका लागि बिनियोजन भएको मध्य ८.५६ प्रतिशत बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले जनाएको छ । पुजीगत तर्फ १० करोड पाँच लाख ४७ हजार ९०० रुपैया बिनियोजन भएकोमा ८ करोड ९६ लाख ७५ हजार ३३६ रुपैया खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख रबीराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार समयमै काम हुन नसकेपछि एक करोड ८६ लाख १५ हजार ६४ रुपैया फिर्ता भएको छ । यसैगरी चालु तर्फ एक अबर ४२ करोड १२ लाख ३३ हजार ७९ रुपैया बिनियोजन भएकोमा एक अरब ३० करोड १३ लाख १८ हजार ५७२ रुपैया खर्च भएको छ । जिविस, विभिन्न परियोजना र केही कार्यालयले

माघ ८ पछि केपी ओली प्रधानमन्त्रीः कृषिमन्त्री

               ३ साउन, काठमाडौं । कृषिमन्त्री हरिप्रसाद पराजुलीले माघ ८ भित्र नयाँ संविधान बनेपछि एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने दावी गरेका छन् । एमाले नेता समेत रहेका पराजुलीले नयाँ संविधान जारी नभएसम्म वर्तमान सरकार नै कायम रहने बताए । 
               रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा पराजुलीले महाधिवेशनपछि पार्टी झन बलियो भएको बताए । यस पटक सरकारले किसानमुखी भएर कृषिको लागि योजना र बजेटको ब्यवस्था गरेको दावी गर्दै उनले बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुने ठोकुवा गरे ।कृषि क्षेत्र मुलुकको आर्थिक बृद्धिदर हासिल गर्ने आधार भएको भन्दै यस पटकको बजेटले कृषिको विकासमा ऐतिहासिक काम गर्ने विश्वास

‘डन’ छुटाउन कांग्रेसद्धारा सुनसरीमा चक्काजाम

               ३ साउन, धरान । तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई प्रहरीले पक्राउ गरेको विरोधमा सत्तारुढ नेपाली कांग्रेसको सुनसरी समितिले चक्का जाम गरेको छ । सुनसरीका धरान, इटहरी, इनरुवामा मुख्य सडकमा नाराबाजी गर्दै एकघण्टा चक्का जाम गरिएको थियो । बन्दका कारण धरानबाट पूर्वी पहाड तथा झापा विराटनगर लगायतका स्थानमा जाने गाडी रोकिएका थिए । धरानको वडा प्रहरी कार्यालय अगाडी नै नाराबाजी गर्दै बन्द गरेपछि आन्दोलनकारीलाई रोक्न बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो भने भिड नियन्त्रण गर्न शसस्त्र प्रहरी बल समेत आएको थियो । प्रहरीले माइकिङ गर्दै आन्दोलन फिर्ता नलिए हस्तक्षेप गर्ने चेतावनी

Sunday, July 13, 2014

रिसाएकी शिल्पाको प्रश्न, आखिर कहिलेसम्म बनूँ वेश्या ?

                  (एजेन्सी)– फिल्म ‘चक दे इन्डिया’ की बिन्दिया, सानो रोलबाट सबैको मनमा बास बस्न सफल भएकी बिन्दिया अर्थात शिल्पा अहिले रिसाएकी छिन् । उनी आफूलाई फिल्मका लागि अफर गरिएको रोलका कारण रिसाएकी छिन् । फिल्म ‘बिए पास’ मा उनी निकै बोल्ड अवतारमा मानिसहरुमाझ आएकी थिइन् । उक्त फिल्ममा उनले पुरुष वेश्यावृत्तिको व्यवसाय चलाउने एक महिलाको भूमिका निभाएकी थिइन् । उक्त फिल्ममा उनको बोल्ड अवतार देखेर जो–कोही पानी–पानी भए । यसपछि उनी समक्ष बोल्ड र वयस्क रोलका लागि लाइन नै लाग्यो जसका कारण शिल्पा निकै तनावमा छिन् । निकै रिसाएर उनले भनिन्, ‘आखिर म प्रत्येक फिल्ममा वेश्या कसरी बनौँ ?’ शिल्पाद्वारा अभिनित ‘बीए पास’ सन् २०१३ को अगस्टमा प्रदर्शित भएको थियो जसलाई अजय बहलले निर्देशन

हनी सिंहका लागि सोनाक्षी भइन् सेक्सी

                एजेन्सी)– सोनाक्षी सिन्हा पनि आजकाल हनी सिंहको प्रशंसक भएकी छिन् । फिल्म ‘बोस’ को चर्चित गित ‘आन्टि पुलिस बुला लेगी’ गीतमा मस्त नाच्ने सोनाक्षी चाँडै नै तपाईंहरुले ‘सुपरस्टार’ शिर्षकको भिडियोमा देख्ने भएकी छिन् जसलाई आफ्नो सुरले सजाउँदैछन् हनी सिंहले । यो भिडियो एल्बममा सोनाक्षी निकै बोल्ड र सेक्सी अवतारमा देखिनेछिन् । हनी सिंहको यो एल्बम आठदेखि १० मिनेटको लघु फिल्म हो जसमा हनी सिंह आफ्नो आउँदो एल्बममा नयाँ शैलीको गीतहरुमा संलग्न हुने बताइएको छ । ठूलो पर्दामा धेरैजसो निकै परम्परावादी देखाइने सोनाक्षी यो भिडियोमा निकै स्टाइलिस देखिनेछिन् । उनको यो लुकलाई दर्शकहरुले मन पराउने हुन् कि होइनन् त्यो भने भिडियो रिलिज भएपछि मात्र

अर्जेन्टिनालाई हराउँदै जर्मनी चौथो पटक विश्व च्याम्पियन

तेस्रोपटक च्याम्पियन बन्ने अर्जेन्टिनाको सपना चकनाचुर 
            काठमाडौं, असार ३०– अतिरिक्त समयमा दक्षिणी अमेरिकी  राष्ट्र अर्जेन्टिनालाई हराउँदै युरोपेली राष्ट्र जर्मनी विश्व च्याम्पियन बनेको छ ।सोमबार बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १ –० ले हराउँदै जर्मनी विश्व च्याम्पियन बनेको हो । जर्मनीको लागि अतिरिक्त समयको अन्त्यतिर मारियो गोटेजले गोल गरे । उनले अतिरिक्त समयको २३ औं मिनेटमा डिबक्स एसियाबाट प्रहार गरेको सटिक प्रहारलाई गोलमा परिणत गरे ।पहिलो गोल खाएसँगै निराश बनेको अर्जेन्टिना गोल फर्काउने प्रयास गरेपनि सफल भएन र मारियोकै गोल निर्णायक बन्न पुग्यो ।निकै प्रतिश्पर्धात्मक बनेको खेलमा निर्धारित ९० मिनेटमा दुबै पक्षबाट कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त

१२ वर्ष साना नायकसँग डेटिङ गरिरहेकी छिन् विवाहित मलाइका

              एजेन्सी)–  वेभसाइट पिंकविला डट कमको रिपोर्ट अनुसार केहि वर्ष पहिले अर्जुन कपुरको सम्बन्ध सलमानकी बहिनी अर्पितासँग थियो जो पछि मलाइकलासँग जोडिए । दुबैबिच कसैले पनि यो कुरा सहि बताएका छैनन् । 
               केहि वर्ष पहिले अर्जुनले एउटा साक्षात्कार कार्यक्रममा आफूहरु बिच त्यस्तो केहि पनि नभएको बताएका थिए । उनले भनेका थिए, ‘यदि यो साँचो हो भने सलमानले मलाई मारिदिन्छन् ।’ तर, भर्खरै एउटा कार्यक्रममा मलाइकासँग अर्जुनको बारेमा सोधियो त उनले सबै कुराको स्पष्टिकरण दिइरहनु पर्दैन भनेर जवाफ दिइन् । अर्जुन कपुर फिल्म निर्माता बोनी कपुरका छोरा हुन् र उनी मलाइकाभन्दा १२ वर्ष साना