Saturday, July 19, 2014

‘डन’ छुटाउन कांग्रेसद्धारा सुनसरीमा चक्काजाम

               ३ साउन, धरान । तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङलाई प्रहरीले पक्राउ गरेको विरोधमा सत्तारुढ नेपाली कांग्रेसको सुनसरी समितिले चक्का जाम गरेको छ । सुनसरीका धरान, इटहरी, इनरुवामा मुख्य सडकमा नाराबाजी गर्दै एकघण्टा चक्का जाम गरिएको थियो । बन्दका कारण धरानबाट पूर्वी पहाड तथा झापा विराटनगर लगायतका स्थानमा जाने गाडी रोकिएका थिए । धरानको वडा प्रहरी कार्यालय अगाडी नै नाराबाजी गर्दै बन्द गरेपछि आन्दोलनकारीलाई रोक्न बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियो भने भिड नियन्त्रण गर्न शसस्त्र प्रहरी बल समेत आएको थियो । प्रहरीले माइकिङ गर्दै आन्दोलन फिर्ता नलिए हस्तक्षेप गर्ने चेतावनी
दिएपछि ४५ मिनेटमै बन्द सकिएको थियो । गत असार २१ गते मादकपदार्थ सेवन गरी सवारी चलाएको अवस्थामा प्रहरीले भेडेटारमा गुरुङसहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ गर्ने क्रममा प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाइएको छ । पूर्वी क्षेत्रमा हुने ठेक्का पट्टा हातमा लिने गुरुङलाई डनका रुपमा चिनिन्छ ।

No comments:

Post a Comment