Thursday, July 18, 2013

एमाओवादीको विस्तारित बैठक भोलिदेखि खन्ना गार्मेन्टमा

maoist-flag             काठमाडौं, साउन ३– एकीकृत नेकपा माओवादीको विस्तारित बैठक शनिबारदेखि ललितपुरको खन्ना गार्मेन्टमा सुरु हुँदैछ । बैठक दिउँसो १ बजेदेखि सुरु हुने एमाओवादी केन्द्रीय कार्यालय सचिव हितराज पाण्डेले जानकारी रातोपाटीलाई जानकारी दिए ।
             उनले विस्तारित बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाए । बैठकमा व्यूरो इन्चार्ज, जिल्ला संयोजक, जनवर्गीय संगठनका प्रतिनिधिलगायत ४ यस प्रतिनिधिको सहभागिता रहने छ ।
गत केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष बाबुराम भट्टराईले अचानक पद त्यागको घोषणा गरेपछि
उत्पन्न समस्या समाधानको लागि माओवादीले विस्तारित बैठक बोलाएको हो । विस्तारित बैठक अघि नै एमाओवादीले पटक–पटक भएका विभिन्न स्तरका बैठकहरु बसेपनि अहिलेसम्म निश्कर्षमा पुग्न सकेका छैनन ।
           अध्यक्ष प्रचण्डले व्यूरो इन्चार्ज, राज्य संयोजक र अन्य शिर्ष नेताहरुसँग अलग–अलग तथा संयूक्त रुपमा छलफल चलाइरहेका छन् । तर सुझाव लिन बाहेक कुनै निचोड निक्लन सकेको छैन ।
          अहिलेसम्मका छलफलमा बाबुरामको पद त्याग अस्वीकार गर्ने, उनलाई पदमा फर्कन औपचारिक आग्रह गर्ने, नभए वरिष्ठ नेताको पद दिने विषयमा मोटामोटी सहमति बनेपनि निश्कर्षमा पुग्न नसकेको बताइन्छ । प्रवक्ता अग्नि सापकोटाका अनुसार विस्तारित बैठकमा प्रचण्डले विकल्पसहितको प्रस्ताव पेश गर्नेछन् ।

No comments:

Post a Comment