बलिउड नायिका प्रियंका चोपडाको बिहिबार
जन्मदिन परेको छ । उनी आफ्नो जन्मदिन बलिउड नगरीको जमघटका साथ मनाउने
तयारीमा छिन् । तर प्रियंकाको जन्मदिनमा केही गोप्य कुरा बाहिर आएको भारतिय
संचारमाध्यमहरुले जनाएका छन् । प्रियंकाले
आफ्ना पूर्व प्रेमी शाहिद कपुरसँग केक काटेको बताइएको छ । आमिर खानले
आयोजना गरेको पार्टी बिचमै छोडेर प्रियंका शाहिदलाई भेट्न पुगेकी थिइन् ।
शाहिद र प्रियंका अहिले पनि निक्कै मिल्ने साथी हुन् । प्रियंका शाहिदसँगको
प्रेमसम्बन्धमा खुबै खुशी रहेकी थिइन् ।यसैले पनि प्रियंकाको जन्मदिनका लागि
शाहिदले केही दिन अघि बाटै तयारी गरेका थिए । यसैले पनि कटि्रना कैफ, आमिर
खान समेत उपस्थित पार्टीलाई बिचमै छोडेर प्रियंका बाहिरिएकी थिइन् ।
पूर्व मिस वल्र्ड प्रियंका चोपडा अहिले
बलिउडकै चर्चित नायिकाको रुपमा चिनिन्छिन् । हालै मात्र उनले अभिनय गरेको
चलचित्र ‘बर्फी’ले उनलाई अझै चर्चाको शिखरमा पुर्याएको छ । अर्कोतिर
प्रियंकाले हालै मात्र एक एल्बम पनि सार्वजनिक गरेर आफूलाई गायनको
क्षेत्रमा दह्रो रुपमा उभ्याएकी छिन् । नायिका चोपडालाई हाम्रो तर्फबाट पनि
जन्मदिनको शुभकामना ।
No comments:
Post a Comment