Thursday, July 18, 2013

अलपत्र छोडेका भीष्मले पाए नयाँ आमा-बुबा !

000a19cc8c108a95421a3e72be3aec6eदुर्गाप्रसाद शर्मा, 
            पर्वत, २०७० साउन ३ । प्रेमीलाई खुसी पार्न आमाले जंगलमा छाडेको र बाबुले पनि अस्पतालमा अलपत्र छाडेका १३ महिने बालक भिष्म पौडेलले बाबु आमाको काख पाएका छन् ।
               भिष्मलाई काठमाडौं कलङ्की बस्ने केपी खनाल र बबिता दाहालको दम्पतीले बालकको संरक्षक बनि बाबुआमाको काख दिएका हुन् । निसन्तान ब्यवसायी दम्पती सन्तानको रुपमा भिष्मको संरक्षक बनेका छन् ।
जिल्ला बालकल्याण समितिले बिहीबार खनाल दम्पतीलाई बच्चा जिम्मा दिएको छ । जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रममा महिला विकास अधिकृत तथा बालकल्याण अधिकृत हरिलक्ष्मी मानन्धरले बालकका संरक्षक केपी खनाल
र बबिता दाहालको जोडीलाई बालक हस्तान्तरण गरेकी थिईन्।
            उनले जंगलमा फालिएको शिशुलाई सन्तानको रुपमा उचित संरक्षण गर्नका लागि संरक्षकलाई प्रतिवद्धता पनि गराएकी थिईन । बालक हस्तान्तरण गर्दै उनले भनिन् ‘आमाले जंगलमा र बाबुले अस्पतालमा छाडेको शिशुलाई सन्तानकै माया दिएर राख्नुहोला ।’
             बालक भिष्म अलपत्र परेको समाचार सञ्चार माध्यममा प्रकाशित भएपछि अलपत्र शिशु पाल्न दर्जनौ परिवारले इच्छा देखाएका थिए । इच्छुक मध्ये आर्थिक हिसाबले सम्पन्न र पारिवारिक हिसाबले निसन्तान दम्पती छानेर खनाल परिवारलाई बच्चा हस्तान्तरण गरिएको हो । भिष्मलाई लिएपछि खनाल परिवार पनि अत्यन्त खुसी भएको छ । ‘हामीले सन्तान पाएका छौ’ बिनीताले भनिन् ‘मेरो कोखको सन्तानकै माया दिएर राख्छौ ।’
          ‘समितिले बालबालिका सम्बन्धी ऐनको प्राबधान अनुरुप बालकको संरक्षक तोक्ने काम गरेको र भविष्यमा पनि त्यस्तो कुनै कानुनी विवाद नआउने गरी प्रकृया पुर्‍याएर बालकलाई हस्तान्तरण गरिएको हो’ प्रहरी नायव उपरीक्षक तथा जिल्ला बालकल्याण समितिका सदस्य श्यामकृष्ण अधिकारीले बताए।
                   नवलपरासी जिल्लाको गैडाकोट – ३ की आमा मिना पौडेलले ११ महिने भिष्मलाई मुडिकुवाको जंगलमा छाडेपछि २२ घण्टापछि प्रहरीले उद्दार गरेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराएको थियो भने उपचारकै क्रममा बाबु कृष्ण पौडेल भागेपछि अस्पतालले बालकलाई प्रहरीको जिम्मा लगाएको थियो ।

No comments:

Post a Comment