Tuesday, July 2, 2013

इजरायल पठाउने कम्पनीको ५० करोड डुब्यो




        १९ असार, काठमाण्डौं । इजरायल कामदार पठाउन बन्द भएपछि म्यानपावर कम्पनीको ५० करोड रुपैयाँ डुवेको छ । पठाउने कम्पनी र जान चाहने कामदारको गरी करिब ५० करोड रुपैयाँ फसेको सम्बद्ध व्यसायीले जानकारी दिएका छन् ।
         जाने तयारी गरिरहेका कामदारको डुबेको रकमको दायित्वसमेत म्यानपावर कम्पनीले नै व्यहोर्नुपर्ने हुन्छ । इजरायल महिला कामदारका लागि
वैदेशिक रोजगारको आकर्षक गन्तव्य हो । म्यानपावर कम्पनीले कामदारसँग आवश्यकताभन्दा दशौं गुणा बढी रकम असुलेको आरोपमा इजरायल सरकारले चार बर्षअघि नेपाली कामदार लिन रोकेको हो । इजरायलले पूर्व सूचनाबिना एकाएक कामदार लिन बन्द गरेपछि पाइपलाइनमा रहेका कामदारको करोडौं रुपैयाँ डुबेको  खबर छ । इजरायल सरकारले कामदार लिन बन्द गरेको जानकारी दिएको समयमा सात सयजना कामदार पापलाइनमा थिए । प्रत्येक कामदारले सरदरमा डेढलाखदेखि साढे दुईलाख रुपैयाँ खर्च गरेका थिए भने म्यानपावर कम्पनीको पनि सोही हाराहारीमा लगानी भएको थियो ।

No comments:

Post a Comment