Tuesday, July 2, 2013

फेसबुकले बढायो साइबर क्राइम, सेयर र लाइक गर्दा पनि लफडामा परिएला !


facebook       काठमाण्डौं । लोकपि्रय बनेको सामाजिक सञ्जाल फेसबुकले साइबर क्राइम बढेको छ । पछिल्लो एक बर्षमा काठमाण्डौं उपत्यकामा फेसबुकसम्बन्धी ५८ वटा उजुरी परेका छन् ।
                महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार साइबर क्राइममध्ये फेसबुकसम्बन्धी उजुरी
बढ्दै गएका छन् । साउन ०६९ यता महाशाखामा साइबर क्राइमसम्बन्त्री ७० वटा उजुरी परेका थिए । त्इसमध्ये ५८ वटा घटनालाई प्रहरीले छलफलका क्रममा मिलाएको छ भने एक जनालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गरेको छ । फेसबुकमा विभिन्न व्यक्तिको चरित्रहत्या हुने किसिमका सामाग्री पोस्ट गर्ने, अश्लील फोटो ट्याग गर्ने, नक्कली फेसबुक अकाउन्ट बनाउनेजस्ता उजुरी महाशाखामा परेको  खबर छ । दुईसाता अघि मात्र महाशाखाले नेकपा-माओवादीकी नेतृ पम्फा भुसाललाई फेसबुकमा अश्लील गाली गर्ने काभ्रेका भवनाथ सापकोटालाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
सेयर र लाइक गर्दा लफडा
साइबार अपराधमा फेसबुकको लाइक तथा सेयरलाई पनि कसुर मानेर प्हरीले अनुसन्धान तथा कारबाही गर्न थालेको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गरेबापत पाँच बर्ष कैद सजाय वा एक लाखजरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको अन्नपूर्ण पोष्टमा खबर छ । डेढ साताअघि मात्रै काभ्रेका भवनाथ सापकोटा आफ्नो फेसबुकको पर्दामा नेकपा-माओवादीकी नेत्री पम्पा भुसाललाई लक्षित गरेर लेखिएको अपशब्दलाई सेयर गरेकै कारण पक्राउ परे । राजधानीको सरस्वती क्याम्पसमा आइएमा पढ्दै गरेका सापकोटालाई थाहा थिएन्, सेयर गरेको भरमा पक्राउमा परिन्छ भनेर । विष्णु गुरुङका नाममा एक व्यक्तिले भुसालका बारेमा आफ्नो फेसबुक पर्दामा आपत्तिजनक स्टाटस लेखेका थिए । महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धानका क्रममा विष्णु गुरुङ नामको फेसबुक आइडी नक्कली रहेको पायो । महाशाखा यो कसले बनाएको भन्नेतर्फ थप अनुसन्धानमा जुटिरहेको छ ।

No comments:

Post a Comment