Tuesday, September 10, 2013

बिहेमा नाचेको साहरुख ३ करोड, सलमानको रेट २ करोड

srk-in-weeding-party                           जब जब बिहेको सीजन सुरु हुन्छ, बलिउडका चर्चित कलाकारहरुको गोजी तातो हुँदै जान्छ । बिहेको सीजनमा धनी परिवारको घरमा गएर नाच्नु, पार्टीमा सहभागी हुनु उनीहरुको लागि आम्दानीको राम्रो माध्यम बन्ने गर्दछ ।
                             केही महिना अघि मात्र बलिउड बादशाह साहरुख खानले एक बिहे पार्टीमा ३० मिनेट नृत्य गरेको ८ करोड लिएका थिए । साहरुख विशेषगरी छानेर मात्र बिहे भोजमा सहभागी हुने गर्दछन् । बिहेको पार्टीमा सहभागी भएको मात्र साहरुख ३ करोड
सम्म लिने गर्दछन् ।
                                  यदि उनलाई नचाउनु पर्‍यो भने अझै धेरै रकम दुलही या दुलाहाका पिताले खर्च गर्नुपर्दछ । यसमा साहरुखको आउने जाने र बस्ने खर्च भने जोडिएको छैन । यसैले पनि साहरुखलाई बिहे भोजमा बोलाउन करोडौ रकम पहिले नै छुट्टयाउनु पर्दछ । बिहे भोजमा नाच्ने र पार्टीमा पुग्ने कलाकारको सूचिमा साहरुख अंग्रपंक्तीमा आउछन् ।
                      साहरुख कुनै कार्यक्रमको उद्घाटन गर्न, रिबन काट्न र केही मिनेट बोल्नका लागि मात्र डेढ करोड लिने गर्दछन् । यस्तै अर्का नायक सलमान खान बिहे भोजमा सहभागी हुनका लागि २ करोड सम्म लिने गर्दछन् ।
               रिवन काटेर कार्यक्रमको उद्घाटन गर्न १ करोड लिने सलमान बिहे पार्टीमा सहभागी भएको डेढ करोड सम्म लिने गर्दछन् । यता नायिका कटि्रना कैफ डेढ करोड चार्ज गर्छिन् । हालै मात्र साहरुख र कटि्रना लण्डनमा आयोजना भएको एक बिहे पार्टीमा सहभागी भएका थिए । यो सूचिमा पि्रयंका चोपडा, दीपिका पादुकोण लगायतका सेलिब्रेटी पनि पर्दछन् ।

No comments:

Post a Comment