Tuesday, September 10, 2013

राष्ट्रपतिलेभने–’वैद्यलाई सहमतिमा ल्याउनुस्’

rambaran                    काठमाडौं, भदौ २५- राष्ट्रपति रामवरणयादवले चुनावको विरोधमा रहेको नेकपा-माओवादी नेतृत्वको मोर्चालाई तत्काल सहमतिमा ल्याउन मुख्य चार दलका शीर्ष नेतालाई आग्रह गरेका छन् ।
               राष्ट्रपतिले चुनावको मिति नजिइसकेको भन्दै शीर्ष नेताहरुलाई तत्काल माओवादी नेतृत्वको मोर्चालाई सहमतिमा ल्याउन आग्रह गरेका हुन् ।
                    एकीकृत माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुसँग मंगलबार शीतलनिवास भएको भेटमा राष्ट्रपतिले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्नुपर्ने भन्दलै मोहन वैद्य नेत्रित्तोको मोर्चालाई सहमतिमा ल्याउन दवाव
दिएका थिए ।
                  भेटमा नेताहरुले उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीसँग भएको सहमति र वैद्य पक्षलाई सहमतिमा ल्याउन भइरहेका प्रयासबारे राष्ट्रपतिलाई अवगत गराएका थिए ।
                छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस सभापति सुशील कोइरालाले राष्ट्रपतिले ४ मंसिरको निर्वाचनका अगाडि रहेका सबै प्रकारका अवरोध तत्काल हटाउन सुझाव दिएको बताए । कोइरालाका अनुसार त्यसका लागि आवश्यक सहयोग गर्नसमेत राष्ट्रपति तयार देखिएका छन् ।
                         भेटमा आफूहरुले सरकार विघटन र निर्वाचन स्थगन गर्नुपर्ने वैद्य मोर्चाको मागमा लचकता अपनाउन नसकिने जवाफ राष्ट्रपतिलाई दिएको जानकारी दिए ।

No comments:

Post a Comment