Monday, September 23, 2013

आमिर–अनुष्काको चुम्बन सबैभन्दा लामो ?

anuska-amir                     (एजेन्सी)– राजकुमारी हिरानीले जबदेखि आफ्नो फिल्म ‘पीके’ सुरु गरे त्यतिबेलादेखि नै फिल्मको बारेमा कुराकानी हुन थाल्यो कहिले कास्टको बारेमा त कहिले फिल्मको शुटिङको बारेमा कुराकानी भइरहेको छ ।
                   पछिल्लो समयमा फिल्मको मुख्य कलाकार आमिर खान र अनुष्का शर्माको बिच चुम्बनको दृश्यमा चर्चा भइरहेको छ । यो चुम्बनको दृश्य हिन्दि फिल्मको अहिलेसम्मको सबभन्दा लामो किसिङ सिन भन्दै आइएको छ ।
यस बिषयमा अनुष्काले भनिन्,‘यो सरासर गलत हो र मनगढन्ते
कुरा हो ।’
                   मुम्बईमा पत्रकारहरुसँग कुरा गर्ने क्रममा उनले भनिन्,‘फिल्ममा आमिर र मेरो बीच किसिङ सिन त छ तर त्यो सबैभन्दा लामो भने होइन । हामी सबैजना बसेर फिल्मको सबै चुम्बन दृश्यहरुको समय टिप्यौँ र त्यसपछि आफ्नो फिल्मको सिनहरु गर्यौँ ।’

No comments:

Post a Comment