Thursday, September 26, 2013

‘कमेडी नाइट्स विथ कपिल’को सेटमा आगो लाग्यो


comedy-night-of-kapil
                              आज बिहान करिब ८ बजे कर्लस च्यानलबाट प्रशारण हुदै आएको सर्वाधिक लोकपि्रय रियालिटी शो ‘कमेडी नाइट्स विथ कपिल’को सेेटमा आगो लागेको छ । विजुली सर्ट भएर आगो लागेको बताइएको छ । मुम्बइको फिल्म सिटीमा यो शोको भव्य सेट बनाइएको छ । सेटमा लाइटम्यान, स्पोर्ट ब्वाई रहेको बताइएको छ । आगो लागे लगतै उनीहरु त्यहाँबाट बाहिर निस्किएका थिए । कलर्स च्यानलका प्रवक्ताले पनि पुष्टि गर्दै घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । शो को सुटिङ नभएकाले धेरै
मानिसहरु सेेटमा उपस्थित थिएनन् । शो को सुटिङ आज बेलुकी गर्ने तयारी गरिएको थियो । भारतमा सर्वाधिक टीआरपी रेटिङ रहेको बताइएको यो शोलाई कपिल शर्माले संचालन गर्दै आएका छन् । आगोको कारण धेरै नै क्षती भएको बताइन्छ । मुख्यतया आगो ड्रेसिङ रुममा बढि सल्केको थियो । अहिले आगोलाई नियन्त्रणमा लिइसकिएको छ ।

No comments:

Post a Comment