Saturday, November 2, 2013

कंगना रनाउतले कुराइन् गृहमन्त्रीलाई

Kangana-Ranaut-wallpapers3                  (एजेन्सी)–कंगना रनाउतको रिलिज हुन लागेको फिल्म ‘रज्जो’ को आइतबार म्यूजिक लन्च भयो जसमा भारतको गृहमन्त्री सुशील कुमार सिन्दे पनि पुगेका थिए । तर, कंगनाका कारण उनले आधा घन्टा कुर्नुपर्यो ।
                   सुशील कुमार शिन्दे फिल्मका निर्देशक विश्वास पाटिलका निकै नजिकका हुन् र उनकै आग्रहमा उनी समाहरोहमा पुगेका थिए । 
                   सुशिल कुमार सिन्देकोलाई दिल्ली जानुपर्ने भएका कारण आयोजकहरुलाई कार्यक्रम छिटो सुरु गर्न आग्रह गरिएको थियो । 
                      तर, कार्यक्रम सुरु भएको आधा घण्टासम्म फिल्मकी हिरोइन कंगना कार्यक्रममा पुगिनन् र सुशील कुमारले उनलाई कुर्नुपरेको थियो ।
पछि जब कंगना स्टेजमा पुगिन् तब सुशील कुमारले म्यूजिक लन्चको औपचारिकता पुरा गरे र दिल्लीको लागि
निस्किए ।

No comments:

Post a Comment