बुटवल
। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई बेला बेलामा भन्ने
गर्छन्, ‘मैले भूमिगतकालमै ११ रुपैयाँ खर्चेर भारतको दिल्लीमा हिसिला
यमीसँग बिहे गरेको थिएँ ।’ तर, अहिले जमाना फेरीयो । बाबुरामका निजी सचिव
विश्वदीप पान्डेले करोडौं रुपैयाँ खर्च गरेर गत वर्ष विवाह गरे । बाबुराम
उनको विवाहमा हेलीकोप्टर लिएर गए ।
एमाओवादीले
महिलाहरुलाई चुरा, पोते, टप नलगाउन उर्दी जारी गरेको थियो । गहनाा भनेको
दासताको जन्जीर हो भन्ने एमाओवादीको मान्यता थियो । अहिलेको एमाओवादी यो
मान्यताबाट ३ सय ६० डिग्री परिवर्तन भएको देख्दा स्वयं एमाओवादीका इमानदार
कार्यकर्ता स्तब्ध भएका छन् । तस्वीरमा देखीएका बेहुला एमाओवादी नेता डा.
बाबुराम भट्टराईका निजी सचिव एवं एमाओवादी केन्द्रीय सदस्य भक्ती पान्डेका
छोरा विश्वदीप
पान्डे हुन । यीनले नव दुलहीलाई लाखौंको गहनाले सिंगारेको
स्पष्ट देख्न सकिन्छ । आफुलाई क्रान्तिकारी भन्ने, तर विवाह भने
शाहज्यादाको जस्तो ? यी नव पारसको करोडौंको विवाह देखेर बुटवलवासी चकित
परेका थिए । निर्वाचनमा यसपाली यो मुद्दा जोडतोडका साथ उठेको छ, जसले
बाबुरामलाई संकटमा पार्दैछ ।
नेकपा–माओवादीका
महासचिव रामबहादुर थापाले भूमिगत छदैं नैना थापासँग बुटवलमा विद्यार्थी
संगठनको आयोजनामा बिहे गरेका थिए । अर्का केन्द्रीय सदस्य टोपबहादुर
रायमाझीले योगमाया बन्जाडेसँग भारतमै बिहे गरे । यस्तै एमाओवादी केन्द्रीय
सदस्य डोरप्रसाद उपाध्यायले सुमित्रा घिमिरेसँग, नेकपा–माओवादीका केन्द्रीय
सदस्य बसन्त श्रेष्ठलगायतका खाँटी माओवादीले जनयुद्ध सुरु हुनुअघि र
भैसकेपछि पनि विवाह गरे । ति सबै प्रगतिशील बिवाह थिए ।
एमाओवादीले
पार्टीमा जन्म, विवाह र मृत्यु संस्कार फरक खालको बनाएको थियो । आर्थीक
,सामाजिक र सांस्कृतिक हिसाबले विचलन नआओस् भनेरै एमाओवादीले जन्ममा भव्य
खुशी मनाएन, विवाह प्रगतिशील गर्न÷गराउन निर्देशन दियो । मृत्युमा
दाहसंस्कारबाहेक अरु काजकर्म नगर्न उर्दी नै जारी ग¥यो । सर्वसाधारणका लागि
बाध्यकारी नभएपनि पार्टीभित्र भने यो नियम कडाइका साथ लागू गराइएको थियो ।
केटा र केटी पक्षले आफ्नो बीचमा प्रेम भएको भन्दै पार्टी कमिटीलाई निवेदन
दिन्थे । पार्टीले उपयुक्त समय मिलाएर कार्यक्रम आयोजना गरी विवाह
गराइदिन्थ्यो । बुटवल क्षेत्रमा भएका प्रगतिशील बिहेमध्ये उमा बिक र बेगम,
चन्द्रप्रकाश खनाल बलदेव र यमा बन्जाडे, टीकाराम गौतम (जनयुद्धमा मारिएका) र
पत्रकार वसन्त पोखरेलकी छोरी संगीता, नारायण घिमिरे (जनयुद्धमा मारिएका) र
पूर्वविधायक शारदा आचार्य घिमिरे लता, सुमित्रा घिमिरे (जनयुद्धमा
मारिएकी) र कमल भुजेल, रामप्रसाद बन्जाडे र लक्ष्मी भुसाल, डीबी थापा
(जनयुद्धमा मारिएका) र कमला बिक, वसन्त श्रेष्ठ र उमा भुजेललगायतका बिहे
एमाओवादी÷माओवादी वृत्तमा सम्झनलायक छन् ।
अहिले
एमाओवादीले सांस्कृतिक रुपमा पूर्ण रुपमा विपरीत दिशामा कोल्टे फेरिसकेको
संकेत विश्वदिप पान्डेको विवाहले देखाएको छ । पर्रोहाको सैनामैनामा गत वर्ष
तामझामका साथ भएको ‘बुर्जुवा शैलीको विवाह’ देखेर एमाओवादी कार्यकर्ता
छक्क परेका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष
बाबुराम भट्टराईलगायतका केन्द्रीयस्तरका नेताको जमघट थियो, त्यो विवाहमा ।
आधुनिक सुविधासहितको बिहे मण्डप । गरगहनाले सजिसजाउ बेहुली । भोजमा तयार
परिकारले यो कुनै वामपन्थी क्रान्तिकारी नेताको नभई बुर्जुवा वर्गका
आडम्बरी नेताका छोराको बिहेको झल्को दिन्थ्यो । कतिपयले बिहेभोजलाई चुनावी
प्रचारको राम्रो हतियारको रुपमा चर्चा गरेपनि एमाओवादी र वामवृत्तमा भने
यसले आलोचना नै बढी पायो ।
एमाओवादी
केन्द्रीय सदस्य भक्ति पाण्डेका छोरा विश्वदीप पाण्डेको काठमाडौंकी कृति
खतिवडाबीचको विवाह भोज यस क्षेत्रमा चर्को आलोचीत भयो । किनकी बिहेमा
अत्याधिक तडकभडक देखियो । विवाहमा ४ सय किलो मासु (कुखुराको अढाई सय
क्वीन्टल र खसीको डेढ सय क्वीन्टल) खपत भयो भने ५ हजार भन्दा बढी निम्तालु
सहभागी भए । सहभागीमध्ये ३ सय रुपैयाँ प्रतिव्यक्तिकै हिसाबले गणना गर्ने
हो भनेपनि १५ लाख रुपैयाँ मात्रै खानाको हिसाब आउँछ । मण्डप व्यवस्थापनदेखि
आगन्तुकलाई स्वागत गर्न बनाएका गेट, कुर्सीदेखि हरेकको हिसाबकिताब
निकाल्ने हो भने यो बिहे कुनै पनि हिसाबले प्रगतिशील देखिदैन, बरु अरु बढी
बुर्जुवा देखिन्छ ।
एमाओवादी
आन्दोलनले स्थापित गरेको सांस्कृतिक मुल्यमान्यता के हो ? अझ भनौं बाबुराम
भट्टराईले स्थापना गरेको संस्कृती यही हो ? यो प्रश्न अहिले एमाओवादीका
क्याडरदेखि उच्चतहका नेतातर्फ तेर्सीर्एको छ । यो विवाहको चालढालले
एमाओवादी कस्तो आर्थकि, सामाजिक र सांस्कृतिक क्रान्तिको कुरा गरिरहेको छ ?
११ रुपैयाँमा आफ्नै बिहे उम्काउने बाबुराम भट्टराईले आफ्नै स्वकीय सचिव
विश्वदीप पाण्डेलाई कस्तो स्कुलिङ गरेछन् र केन्द्रीय सदस्यसमेत रहेका
पाण्डेका बाबु भक्ति पाण्डेले अब कार्यकर्तामाझ उभिएर कुन खालको सांस्कृतिक
क्रान्तिको चर्चा गर्नेछन् ? यो प्रश्न बिहेभोजमा सहभागी हुन सैनामैना
पुगेका एमाओवादी कार्यकर्ताले अहिले पनि सोधीरहेका छन् ।
बाबुरामका करतुत
बाबुरामले बुटवलमा चुनाव हार्ने अन्य कारण पनि छन् । एक त उनी यस क्षेत्रका पर्यटक उम्मेदवार हुन । अर्को कुरा बुटवलको स्थानीय समस्यासँग बाबुरामलाई केही लेनादेना छैन । बाबुराम बुटवलबाट जित्नकै लागि उठेका पनि हैनन । संघीयता विरोधी नेता डिलाराम आचार्य एमाओवादीमा प्रवेश गरेपछि उनलाई समानुपातीक खडा गरिएको छ । समानुपातीकमा भोट बढी आओस भनेर एमाओवादीको लुम्बीनी अंचलका प्रचार प्रमुख डिलारामले बाबुरामलाई बुटवलमा ल्याएका हुन । यसका लागि टोपबहादुर रायमाझीको पनि जोड बल रहेको छ । हारे पनि समानुपातीक भोट बढोस भन्ने तयारी गरेर आएका बाबुराम आफैलाई बुटवलमा जित्छु भन्ने विश्वास छैन ।
बाबुरामले बुटवलमा चुनाव हार्ने अन्य कारण पनि छन् । एक त उनी यस क्षेत्रका पर्यटक उम्मेदवार हुन । अर्को कुरा बुटवलको स्थानीय समस्यासँग बाबुरामलाई केही लेनादेना छैन । बाबुराम बुटवलबाट जित्नकै लागि उठेका पनि हैनन । संघीयता विरोधी नेता डिलाराम आचार्य एमाओवादीमा प्रवेश गरेपछि उनलाई समानुपातीक खडा गरिएको छ । समानुपातीकमा भोट बढी आओस भनेर एमाओवादीको लुम्बीनी अंचलका प्रचार प्रमुख डिलारामले बाबुरामलाई बुटवलमा ल्याएका हुन । यसका लागि टोपबहादुर रायमाझीको पनि जोड बल रहेको छ । हारे पनि समानुपातीक भोट बढोस भन्ने तयारी गरेर आएका बाबुराम आफैलाई बुटवलमा जित्छु भन्ने विश्वास छैन ।
बाबुरामले
राष्ट्रियताको जतीसुकै चर्को कुरा गरे पनि उनी भारतको इशारामा चल्ने नेता
हुन भन्ने कुरा बिप्पा सम्झौतालगायतका राष्ट्रघाती कदमबाट पुष्टी भइसकेको छ
। बाबुरामले आफु प्रधानमन्त्री हुँदा ‘नेपाल र भारत आपसमा मर्ज हुनसक्छ’
भनी राष्ट्रघाती कुरा गरेका थिए । उनले ‘देशको साँचो अन्तै रहेछ’ भनेर भने,
तर कहाँ छ भनेर भनेनन् । बहालवाला प्रधानमन्त्रीले देशको साँचो अन्तै रहेछ
भन्नु नालायकी र लाचारी र आपत्तीजनजक अभिव्यक्ति थियो । त्यसैगरी
बाबुरामले त्रिभुवन विमानस्थल भारतीय कम्पनीको जिम्मा लगाउन खोजेका थिए ।
त्यो सूचना बाहीर लिक भएपछि उनको अभिष्ट पुरा हुन पाएन । बाबुरामकी भ्रष्ट
छवी भएकी पत्नी हिसिला यमीको अगुवाईमा बालाजुको २२ धारा उद्यान मासीयो ।
काठमाडौंको पुरानो पहिचानमाथि धावा बोलेको घटनाले बालाजुबासी क्रुध्द छन् ।
बाबुरामले
आफु प्रधानमन्त्री हुँदा नातावाद कृपावाद लागू गरे । धेरै ठाउँमा आफना
नातागोतालाई नियूक्त गरे । खानेपानी संस्थान केयूकेएलमा तिमीलाई यमीलाई
प्रमुख नियुक्त गरे । उनले सहमतीय सरकारको पक्षमा कहिल्यै रहेनन । बरु,
आफ्नो सत्ता लम्ब्याउने काम गरे । अध्यक्ष प्रचण्डले काँग्रेस नेता शुसील
कोइरालालाई प्रधानमन्त्री स्वीकार गरे पनि बाबुरामले मानेनन । त्यसबेला
बाबुरामले प्रचण्डलाई सेनाको धम्की दिएको बुझीएको छ । बाबुरामले त्रिशुली–३
ए जलविद्युत योजनाको क्षमता बढाउने नाममा कमीसन खाज खोजे । त्यसै गरी
रक्षा मन्त्रालयलाई बाइपास गरेर उनले सेनालाई खुशी पार्न हेलिकोप्टर
ल्याउने चलखेल पनि गरे ।
अध्यक्ष
प्रचण्डले बाँदर मुढे घटनाका पिडितलाई सरकारले ६० लाख दिने सहमती भएको बताए
। तर, बाबुरामले त्यो रकम निकासा गर्न आनाकानी गरे । यसका कारण प्रचण्ड
बाबुरामसँग रिसाए । सेनालाई अर्बौं रकम दिने बाबुरामले आफनै पार्टीको
निदेशन भने लत्याए । भ्रष्टाचार गर्न केशव स्थापीतलाई उक्साइयो, केशवले
हिसीलाको त्यस्तो अनुचीत दबाब मानेनन, त्यसपछि उनलाई हटाइयो । यस्ता धेरै
कारण छन, जसका कारण यसपाली बाबुराम गोर्खा र रुपन्देही दुबैबाट हार्दैछन् ।
No comments:
Post a Comment