Thursday, April 10, 2014

मालिकको धम्कीपछि नेपाली महिला कुवेती जेलमा

                  चैत २७ रोजगारका लागि घरेलु कामदारका रूपमा कुवेत पुगेकी नेपाली महिला अहिले घर फर्कने आशा मारेर जेलमा छिन्। ३१ बर्षिया मनमाया तामाङ १० दिनदेखि मालिकसँग विवाद परेपछि कुवेतको जेलमा छिन्।मैले कुवेती अधिकारीहरुसँग लडेर नेपाल फर्कने आशा मारीसकेकी छु मलाई जेलबाट छुटाउआफूसँग बहिनीले भनेको भाइ दिल बहादुर तामाङले सुनाए । मेरी बहिनी घर मालिकसँग विवाद भएपछि ३१ मार्चमा भागेकी थिइन उनी अहिले प्रहरी थुनामा छिन्दिव बहादुरले नागरिकन्युजसँग भने । उनका अनुसार मनमायालाई मालिकको घरबाट भागेकै राती प्रहरीले पक्राउ गरेको थियो । सन् २०१३ को फेब्रुअरीमा घरेलु कामदारको रूपमा कुवेत पुगेकी मनमायालाई विवादको क्रममा घर मालिकले धम्की दिएपछि भागेकी थिइन। भाइ दिल बहादुरका अनुसार मनमायालाई २९
मार्चमा एउटा फोन कल आएको थियो जसबारे उनी कसैलाई सुनाउन चाहन्निन। मालिकले थाहा पाएपछि त्यसबारे विस्तृतमा नभने मारीदिने धम्की दिएका थिए। उनीसँग कुनै उपाय नभएपछि घरबाट भागेकी दिल बहादुरले भने। मनमायालाई उनका प्रायोजक सलेम एस ए अल्मुल्ताइरीले महिनाको १९ हजार पाँच सय रुपैयाँ तलब दिँदै आएको थियो। झापाकी मनमायाका तिन बालबच्चा यतै छन् भने पति मलेसियामा काम गर्छन्। वैदेशिक विभागको आँकडा अनुसार सन् २०१२ मा मात्रै पाँच लाखभन्दा बढी नेपाली मलेसिया र खाडी मुलुकका प्रायः कतार साउदी अरेबिया र कुवेत गएका छन्। अनौपचारिक जनशक्ती क्षेत्रमा नेपाली महिला बढी छन् भने तीमध्ये ९० प्रतिशत घरेलु कामदारका रूपमा खाडीमा कार्यरत छन्। बहिनीलाई जेलबाट छुटाउन र टिकट खरिद गरेर झिकाउन आफू तयार रहेको दिल बहादुर बताउँछन्। नेपाली महिलामाथि यौन दुर्व्यबहार शारिक वा मानसिक हिंसा नहोस् भनेर नेपाल सरकारले घरेलु कामदारका रूपमा खाडी मुलुक जाने महिलाको उमेर ३० बर्ष हुनुपर्ने तोकेको छ। यसले महिला बेचबिखन पनि रोकिने सरकारी दावी छ। कफाला अथवा प्रायोजन विधी अनुसार खाडी मुलुकमा काम लगाउनेले कामदारको राहदानी वा यात्रा कागपत्र राख्न सक्छन्। साथै नोकरी परिवर्तन वा घर फर्कन निषेध पनि गर्न सक्छन्।

No comments:

Post a Comment