बलिउडकी सुन्दर नायिका आलिया भट्टले ‘टू स्टेट’ नामक सिनेमामा नायक अर्जुन कपुरसँग दिएको चुम्बनको दृश्यले यतिबेला सनसनी मच्चाएको छ । तर आलिया भने यसलाई भूमिका मात्र भएको बताउँछिन् ।
आलियाले पिता महेश भट्टले आफ्नो बिहे स्विकार नगर्ने बताएकी छिन् । एक कार्यक्रममा बोल्दै आलियाले भनिन्, ‘मेरो पिता मेरो बिहेको बिषयमा भावुक हुनुहुन्छ । उहाँ चाहनुहुन्न कि म बिहे गरेर अर्कै घर जाउँ ।’
महेशले आफूलाई बारम्बार ‘तिमी कतै जान्नौ, मसँगै रहन्छौ’ भन्ने गरेको समेत आलियाले खुलाएकी छिन् । एक अर्को प्रसंगमा आलियाले ‘टू स्टेट’मा गरिएको चुम्बन कलाकारको नाताले निर्वाहा गरेको बताइन् । ‘यदि मैले पिताको अघि प्रेमीलाई चुम्बन गरेको भए, उहाँले मलाई थप्पड मार्नुहुन्थ्यो ।’ आलियाले भनिन् ।
आलियाले आफू पिताकै बाटोमा हिड्ने गरेको बताएकी
छिन् ।
No comments:
Post a Comment