Saturday, April 11, 2015

माओवादीसंग गरेको शान्ति सम्झौता द्वन्द्व रोक्नु मात्र, संविधानमा समावेश गर्न होइन: कृषि मन्त्री

               कैलाली, चैत्र २८ कृषि मन्त्री हरि पराजुलीले तत्कालिन ने.क.पा. माओवादीसंग गरेको शान्ति सम्झौता संविधानमा समावेश गर्नका लागि नभएको बताएका छन् । आज प्रेश चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री पराजुलीले शान्ति सम्झौता त नेपाली जनतालाई द्वन्द्वबाट मुक्ति दिलाउनका लागि मात्र भएको र संविधानमा समावेश गर्नका लागि होइन । सबै दलहरु सहमतिबा
ट संंविधान जारी गर्न लालाईत भए ८ प्रदेशको बहुपहिचान सहितको संघिय राज्य निर्माण गरिने यदि सहमति भएन भने प्रक्रियाबाट जेट १५ भित्र कांग्रेस र एमालेले निर्धारण गरिएको संघिय राज्य सहितको संविधान निर्माण गर्न अग्रसर हुने मन्त्री पराजुलीको भनाइ
रहेको छ । विगतका आन्दोलन राजनितिक अधिकार प्राप्तिका लागि मात्र भएको बताउदै पराजुलिले अब जनतालाइ अधिकार दिन चाँडै संविधान निर्माण दिनका लागि संघर्स भइरहेको बताए । उनले कांग्रेस, एमाले संविधान निर्माणका लागि लचिलो भएर वार्ता र संवादको माध्यमबाट सहमति सहितको संविधान निर्माण गर्न लागिरहेको बताए । ने.क.पा. एमालेका केन्द्रिय सदस्य समेत रहेका पराजुुलिले सुदूरपश्चिमका ९ ओटै जिल्लाको कृषी क्षेत्र विकासका लागि धान, माछा, उत्पादनमा वृद्धि गराउन र नयाँ खाद्य बालीको विकासका लागि सरकारले योजना ल्याइरहेको बताए ।

No comments:

Post a Comment