Sunday, December 1, 2013

बाम गठबन्धन बनाउन दौडधुप

                              काठमाडौ। नेकांले एमाले सहितको गठबन्धन सरकार बनाउन पहल गरिरहेको बेला केही एमाले नेताहरुले  एमाओवादी लगायतका अन्य दललाई लिएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको थाहा भएको छ। संविधानसभाको निर्वाचनको परिणाम सार्बजनिक भएपछि नयाँ सरकार गठनका जोडघटाउ शुरुभएको छ। दुई ठूला दल कांग्रेस र एमालेका शीर्षनेताहरु सहमतीय सरकार गठनको प्रयासमा छन्।तर, कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन नहोला भन्न नसकिने जानकारहरुको भनाई छ। समानुपातिकको समेत मत परिणाम सार्बजनिक भएपछि पनि बहुमतीय सरकार गठन आवश्यक ३०१ कुनै पनि दलसँग छैन।
                     तर, कांग्रेस र एमालेले अन्य दलको साथ लिएर सरकार बनाउन सक्ने देखिन्छ। कांग्रेस र एमालेका दुई दुई नेता दुई स्थानबाट विजयी भएका छन्। उपनिर्वाचन नहुँदासम्म मन्त्रिपरिषदबाट मनोनित २६ लाई समेत कायमगर्दा संविधानसभा ५९७ सदस्यीय हुने
देखिन्छ। बहुमतीय सरकारगठनका लागि २९९ मत चाहिन्छ।कांग्रेसले एमालेलाई छाडेर पनि सरकार गठन गर्नसक्ने कतिपयको भनाई छ। त्यसका लागि उसले एमाओवादीसहितका केही दललाई विश्वासमा लिनुपर्ने हुन्छ।
                     
 कांग्रेसको कूल भोट १९४ मात्र छ। अब मन्त्रिपरिषदबाट मनोनित २६ सभासदसहितको संविधानसभामा बहुमतीय सरकार बनाउन कांग्रेसलाई थप १०५ मत चाहिन्छ। ८० सिट बोकेको एमाओवादीलाई विश्वासमा लिने हो भने कांग्रेसलाई थप २५ सिट भए पुग्छ। राप्रपा नेपाललाई समेत समेट्ने हो भने उसलाई एमाले विना पनि सरकारको नेतृत्व दिने जानकारहरु बताउँछन्। राप्रपा नेपालले प्रतिपक्षमा बस्ने घोषणा गरेकाले कांग्रेसले सरकारको नेतृत्वका लागि एमाओवादीसँगै १४ सिट भएको फोरम लोकतान्त्रिक र १० सिट भएको राप्रपाको साथ लिनुपर्ने कतिपयको भनाई छ।११ सिट भएको तमलोपा र १० सिट भएको फोरम नेपाल पनि उसको विकल्प हुन्छ।त्यसैगरी एमालेले पनि एमाओवादीसहितका दललाई विश्वासमा लिएर कांग्रेसलाई सरकार बाहिर राख्न सक्छ। एमालेको सिट १७५ छ। नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम दुई स्थानबाट विजयी भएकाले भोटिङमा एमालेको मत १७३ मात्र हुन आउँछ। बहुमतीय सरकार गठनका लागि एमालेलाई थप १२६ मत चाहिने भएकाले एमालेले एमाओवादीसहितका साना दलहरुलाई समेटनु पर्नेहुन्छ। जसमा एमाओवादीको ८०, फोरम लोकतान्त्रिकको १४, राप्रपाको १३, तमलोपाको ११ र फोरमको १० सिट जोड्दा एमालेको पक्षमा बहुमत पुग्ने देखिएको छ। ६ सिट बोकेको सदभावना, ५ सिट भएको संघीय समाजवादी र मालेलाई पनि एमालेले केही विकल्प बनाउन सक्ने देखिएको छ। मनोनित २६ सिटलाई छोड्ने हो भने एमालेलाई कांग्रेस बाहेकको सरकार बनाउन थप ११३ सिट चाहिने हुन्छ। जसमा एमाओवादी, फोरम लोकतान्त्रिक, राप्रपा र केही साना दलको साथ लिनुपर्ने हुन्छ। नेकांले राष्ट्रपतिको खिचलो गरेमा एमालेले बाम गठबन्धन बनाउन सक्ने पनि प्रबल संभावना रहेको राजनीतिक क्षेत्रमा चर्चाको बिषय भएको छ।

No comments:

Post a Comment