Thursday, August 15, 2013

माइकल ज्याक्सनका नयाँ गीत सुन्न पाइने

                     सन् २००९ मा संसार छाडिसकेका विश्वप्रसिद्ध पप गायक माइकल ज्याक्सनको नाम नसुन्ने संगीतप्रेमी सायद छैनन् होला । धेरैलाई ज्याक्सनका गीत मन पर्छ । अंग्रेजी नबुझेपनि उनको आवाज तथा भिडियोमा उनको प्रस्तुतीले धेरैलाई लोभ्याउँछ । के तपाइँलाई ज्याक्सनका नयाँ गीत पनि सुन्ने इच्छा छ ? किन नहोस् ? तर के गर्नु मरिसकेका गायकका नयाँ गित कहाँ सुन्न पाउनु ? तर चिन्ता नगर्नुहोस् अब छिटै माइकल ज्याक्सनका अहिलेसम्म सार्वजनिक नभएका नयाँ गीत संगित समेत सुन्न पाइनेछ ।
               ज्याक्सनमा पूर्व सहकर्मी तथा संगितकार फ्रेड जरिकिन्सले ज्याक्सनका नयाँ गित तथा भिडियो
सार्वजनिक गर्ने तयारी गरेका छन् । ज्याक्सनसँग २ वर्ष काम गरेका जरिकिन्सले ज्याक्सनका अहिलेसम्म सार्वजनिक नभएका भिडियो फुटेज तथा संगीतलाई संकलन गरेर एकट्ठा बनाउने काम गरिरहेका छन् । आफुसँग ज्याक्सनका सार्वजनिक नभैसकेका गित तथा भिडियो फुटेज रहेको र यस्ता फुटेजलाई जोडेर गीतको रुपमा सार्वजनिक गर्ने काम थालिसकेको उनको दाबी छ ।
                        फ्रेडले सन् २००१ मा ज्याक्सनको इन्भिन्सीबल एल्बममा सँगै काम गरेका थिए । दुइ वर्षमात्र सँगै काम गरेपनि उनीहरुबीच मित्रता प्रगाढ भएको थियो । त्यसैले फ्रेडसँग ज्याक्सनका केही अन्तरंग क्षणका भिडियो तथा तस्वीर समेत रहेको बताइएको छ ।

No comments:

Post a Comment