Saturday, February 1, 2014

सम्मेलन हैन महाधिवेशन : डा भट्टराई

baburam
                 काठमाडौँ, माघ १८। एकीकृत नेकपा(माओवादी)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै बनाउने भएको छ। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बसेका बसेको पूर्व पोलिटब्युरो सदस्यकोे बैठकले संविधान निर्माणमा विशेष ध्यान पुर्यापउनका लागि पार्टीको शीर्ष नेतृत्व नै क्रियाशील हुनुपर्ने ठहरसहित सो निर्णय गरेको हो। आगामी एक वर्षभित्र संविधान निर्माण गर्ने भनी संविधानसभा निर्वाचनका क्रममा जनतासामु गरिएको प्रतिबद्धताअनुरुप संसदीय दलका नेतामा पार्टी अध्यक्षलाई पठाउँदा जायज हुने निष्कर्ष निकालेको पार्टी नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो।
                     पूर्व पोलिटब्युरोले सो निर्णय गरे पनि त्यसको अनुमोदन केन्द्रीय समितिको बैठकले गर्नुपर्नेछ। केन्द्रीय समितिको बैठकले गरेको अनुमोदनका आधारमा संसदीय दलमा नेता चयनको जानकारी गराउने

२७ लाखले हेरे आनीको गीत

ani           फुलको आँखामा फुलै संसार गीतमार्फत् चर्चामा आएकी आनी छोइङ डोल्माको मन्त्रोच्चारण युट्युवमा करिव २७ लाख दर्शकले हेरेका छन् । गत अगष्टमा आनीले भारतीय संगीतकार एआर रहमानको संगीतमा लाइभ प्रस्तुती दिएकी थिइन् ।
               एमटीभीमा प्रसारित सो कार्यक्रममा आनीको मन्त्रोच्चारणसहित जोर्डनकी गायिका फराह सिराजले पनि प्रस्तुती दिएका थिए ।रहमानको संगीतमा आनी र फराह दुवैको आवाज फ्युजन गरिएको

सानो आकारको कमिटी बनाउन माओवादी छलफलमा

baidya
                काठमाडौँ, माघ १८– नेकपा–माओवादीले पार्टी समिति ठूलो र भद्दा भएको भन्दै सक्दो सानो आकारको कमिटी बनाउनेबारे बिहीबारदेखि जारी माओवादी पोलिटब्युरो बैठकमा छलफल सुरु भएको छ ।
            माओवादी प्रवक्ता पम्फा भुसालले आगामी असारमा हुन लागेको पार्टीको राष्ट्रिय सम्मेलनको तयारी र स्वरुपमा केन्द्रीत भई बैठकमा छलफल भइरहेको बताउँदै पार्टी समितिहरू चुस्त, दुरुस्त बनाउने विषय मुख्य कार्यसूची रहेको बताइन् । यसअघिका पार्टी कमिटीहरू मनोनित मात्रै भएकाले अब गाउँदेखि केन्द्रसम्म निर्वाचित समिति बनाउने निर्णय पार्टीले गरिसकेकाले निर्वाचन

नेपालले काठमाडौ र गौतमले बर्दिया छाड्ने

madhav kumar nepal                काठमाडौँ, माघ १८। नेकपा (एमाले) ले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज लेखनका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ।
                हिजो बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो। पार्टीको राजनीतिक तथा वैचारिक दस्तावेजलाई एकीकृत रूपमा समेटेर प्रस्तुत गर्न गौतम नेतृत्वमा रहेको कमिटीले काम गर्नेछ। कमिटीमा उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल तथा सचिवत्रय विष्णु पौडेल, युवराज ज्ञवाली र शङ्कर पोखरेललगायत रहनुभएको सचिव पौडेलले बताउनुभयो।‘जनताको बहुदलीय जनवाद’ बारे पार्टीभित्र हालसम्म उत्पन्न वैचारिक बहसलाई समेटेर राजनीतिक दस्तावेज तयार गर्ने एमालेको तयारी छ। एमालेले आगामी २०७० वैशाख ९ गतेदेखि काठमाडौंमा नवौं महाधिवेशन गर्ने गरेको

सुन्दरीको सूचीमा ऐश्वर्या चौथो नम्बरमा

aishrya                बलिउड नायिका ऐश्वर्या राय बच्चनको सौन्दर्यको चर्चा अहिले पनि छ । कुनैबेलाकी मिस वल्र्ड ऐश्वर्याको सौन्दर्यको राज अहिले घटेको छ ।
               हलिउडको बज् नामक वेबसाइटको सर्वेक्षणमा ऐश्वर्य चौथो नम्बरमा परेकी छिन् । पहिलो नम्बरमा हलिउड नायिका एन्जोलिना जोली छिन् । केट अप्टन र मोनिका बेलूची क्रमशः दोस्रो र तेस्रो नम्बरमा छन् ।
                बलिउडमा ऐश्वर्यपछि दीपिका पादुकोण २९ औं नम्बरमा परेकी छिन् । उक्त वेबसाइटले विश्वका ४० लाख मानिसबीच सर्वेक्षण गरेको

भारतीय सुरक्षाकर्मीलाई लखटे स्थानीय वासिन्दाले

imagesनेपाली भूमी कब्जा गर्न दिएनन् '
                 वीरगंज, माघ १८ – नेपाल भारत सीमाक्षेत्र पर्साको ठोरी गाविसमा भारतीय सुरक्षाकर्मीहरुले हतियार सहित पसेर नेपाली भूमीमा कब्जा जमाउन खोजेपछि स्थानीयवासीले लखेटेका छन् ।
                 ठोरी गाविस वडा नम्बर ७ भन्सार क्षेत्र स्थित नेपाली भूमीमै माइती नेपालको बिट निर्माण भइरहेको स्थलमा हतियार सहित आएका भारतीय एसएसबीहरुले निर्माण कार्यमा अवरोध गरेपछि ठोरीका स्थानीयवासीले प्रतिकार गरेका छन् । स्थानीयवासी प्रतिकार पछि एसएसबीहरु सीमावर्ती ठुटे खोलमा हतियार सहित तैनाथ अवस्थामा बसेका छन् । ठुटे खोला पारीको क्षेत्रमा भारतीय सीमा सुरक्षाबल एसएसबीको बेस क्याम्प

लडाकू शिविरको भ्रष्टाचार छानविन नगरे हतियार उठाउने धम्की

             १८ माघ, काठमाडौं । बहिर्गमित पूर्व लडाकूहरुले लडाकूहरुको शिविरमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् । एमाओवादी पार्टी भ्रष्टाचार र तस्करीको अखडा भएको आरोप लगाउँदै उनीहरुले राज्यले तत्काल छानविन नगरे अन्तराष्ट्रिय समुदायको सहयोग लिने बताए ।
                     शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनीहरुले भनेका छन्-हामी शान्तिपूर्ण तरिकाले पार्टीले गरेका भ्रष्टाचारको मुद्दा किनारा लागोस भन्न चाहान्छौं, राज्य र सम्बन्धित निकायले यो मुद्दालाई झुलाई वेवास्ता गर्छ भने हामी