काठमाडौँ, माघ १८। एकीकृत नेकपा(माओवादी)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई नै बनाउने भएको छ।
अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बसेका बसेको पूर्व पोलिटब्युरो
सदस्यकोे बैठकले संविधान निर्माणमा विशेष ध्यान पुर्यापउनका लागि पार्टीको
शीर्ष नेतृत्व नै क्रियाशील हुनुपर्ने ठहरसहित सो निर्णय गरेको हो। आगामी
एक वर्षभित्र संविधान निर्माण गर्ने भनी संविधानसभा निर्वाचनका क्रममा
जनतासामु गरिएको प्रतिबद्धताअनुरुप संसदीय दलका नेतामा पार्टी अध्यक्षलाई
पठाउँदा जायज हुने निष्कर्ष निकालेको पार्टी नेता हरिबोल गजुरेलले जानकारी
दिनुभयो।
पूर्व पोलिटब्युरोले सो निर्णय गरे पनि त्यसको अनुमोदन केन्द्रीय
समितिको बैठकले गर्नुपर्नेछ। केन्द्रीय समितिको बैठकले गरेको अनुमोदनका
आधारमा संसदीय दलमा नेता चयनको जानकारी गराउने
बताइएको छ। संसदीय दलको
नेतामा सहमति भए पनि उपनेता, प्रमुख सचेतक र सचेतकलगायतको विषयमा भने कुनै
पनि सहमति भएको छैन। यस्तै बैठकमा आगामी वैशाखमा हुने विशेष राष्ट्रिय
सम्मेलनको विषयमा छलफल भएको थियो।
बैठकमा नेता डा बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलन गर्नुभन्दा
महाधिवेशन नै आयोजना गर्नुपर्ने प्रस्ताव राख्नुभएको बुझिएको छ। राष्ट्रिय
सम्मेलनले समस्याको समाधान गर्दैन भन्दै डा भट्टराईले विशेष महाधिवेशन
गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ। तयारी नपुगेको भन्दै हिजोका लागि
बोलाइएको केन्द्रीय समितिको बैठक स्थगन भएको थियो।
पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको साङ्गठनिक संरचना र
केन्द्रीय सदस्यले उठाएको प्रश्नको जवाफ खोज्ने विषयमा नेतृत्वले तयारी
गरिनसकेको भन्दै बैठक स्थगन भएको जानकारी दिनुभयो। बैठक शनिबारका लागि
बोलाइएको छ।
No comments:
Post a Comment