Saturday, February 1, 2014

सानो आकारको कमिटी बनाउन माओवादी छलफलमा

baidya
                काठमाडौँ, माघ १८– नेकपा–माओवादीले पार्टी समिति ठूलो र भद्दा भएको भन्दै सक्दो सानो आकारको कमिटी बनाउनेबारे बिहीबारदेखि जारी माओवादी पोलिटब्युरो बैठकमा छलफल सुरु भएको छ ।
            माओवादी प्रवक्ता पम्फा भुसालले आगामी असारमा हुन लागेको पार्टीको राष्ट्रिय सम्मेलनको तयारी र स्वरुपमा केन्द्रीत भई बैठकमा छलफल भइरहेको बताउँदै पार्टी समितिहरू चुस्त, दुरुस्त बनाउने विषय मुख्य कार्यसूची रहेको बताइन् । यसअघिका पार्टी कमिटीहरू मनोनित मात्रै भएकाले अब गाउँदेखि केन्द्रसम्म निर्वाचित समिति बनाउने निर्णय पार्टीले गरिसकेकाले निर्वाचन
सम्बन्धी मापदण्ड तयार पार्न लागिएको उनले जानकारी दिइन् ।
                माओवादीमा हाल १५० सदस्यीय केन्द्रीय समिति रहेकामा त्यसलाई ७५ सदस्यमा झार्ने र जिल्ला समिति र राज्यसमिति पनि बढीमा ५० सदस्यीय बनाउने तयारी माओवादीले गरेको छ ।

No comments:

Post a Comment