Saturday, February 1, 2014

नेपालले काठमाडौ र गौतमले बर्दिया छाड्ने

madhav kumar nepal                काठमाडौँ, माघ १८। नेकपा (एमाले) ले पार्टीको नवौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज लेखनका लागि उपाध्यक्ष वामदेव गौतमको संयोजकत्वमा २५ सदस्यीय कमिटी गठन गरेको छ।
                हिजो बसेको स्थायी कमिटीको बैठकले सो निर्णय गरेको हो। पार्टीको राजनीतिक तथा वैचारिक दस्तावेजलाई एकीकृत रूपमा समेटेर प्रस्तुत गर्न गौतम नेतृत्वमा रहेको कमिटीले काम गर्नेछ। कमिटीमा उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल तथा सचिवत्रय विष्णु पौडेल, युवराज ज्ञवाली र शङ्कर पोखरेललगायत रहनुभएको सचिव पौडेलले बताउनुभयो।‘जनताको बहुदलीय जनवाद’ बारे पार्टीभित्र हालसम्म उत्पन्न वैचारिक बहसलाई समेटेर राजनीतिक दस्तावेज तयार गर्ने एमालेको तयारी छ। एमालेले आगामी २०७० वैशाख ९ गतेदेखि काठमाडौंमा नवौं महाधिवेशन गर्ने गरेको
छ। एमाले संसदीय दलको नेता चयनको मिति नजिकिएका बेला उपाध्यक्ष गौतमलाई नयाँ जिम्मेवारी दिइएको हो। एमालेको बिहीबार बसेको स्थायी कमिटीको बैठकले यही माघ २१ गते संसदीय दलको नेता चयन गर्ने तय गरेको थियो।
              हिजोको बैठकले दुई निर्वाचन क्षेत्रबाट विजयी भएका पार्टी नेताले छाड्ने निर्वाचन क्षेत्रको टुङ्गो लगाएको छ। वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं – २ र उपाध्यक्ष गौतमले बर्दिया – १ छाड्नुहुने भएको छ। नेता नेपालले रौतहट –१ र गौतमले प्युठान–१ बाट पनि विजय हासिल गर्नुभएको थियो। रिक्त स्थानमा निर्वाचन आयोगले पुनः निर्वाचन गराउनेछ।

No comments:

Post a Comment