ढाडभरि खैरो रातो तथा कालो रंगका घाउका धर्साहरु बोकेका यी महिलाहरु
इथियोपियाको हामार आदिवासी समुदायका महिलाहरु हुन् । यी घाउका धर्साहरु
परम्परा अनुसार उनीहरुको क्षमता जाँच्नका लागि रक्ताम्य हुनेगरी कुटिने
रीतिका दशी प्रमाण हुन् ।
यो परम्परामा महिलाहरुलाई रुन मनाही हुन्छ । पुरुषहरुले विभिन्न खाले
घरेलु हतियारले ढाडमा हिर्काइरहन्छन् । चोटबाट भाग्नुको साटो उनीहरुले
पुरुषहरुलाई आफुलाई अझै प्रहार गर्न आग्रह गर्छन् जबसम्म सरीरबाट रगत बगेर
ओमो उपत्यकाको रातो माटोमा खस्छ ।
फ्रान्सका फोटोग्राफर इरिक ल्यार्फजले इथियोपियाको ओमो उपत्याकाका यी
हामार आदिवासी महिलाको उक्त क्रुर संस्कारको क्रुरता तथा सुन्दरतालाई
तस्वीरमा उतारेका छन् ।
महिलाहरुलाई घरमा भाइको जन्म हुँदा, आफ्नो बिहे अघि तथा बच्चा जन्मिनु
अघि यस्तो कठीन कुटाइको परीक्षाबाट गुजि्रनुपर्छ । यसले ती महिलाको पुरुष
सदस्यप्रतिको समर्पणलाई इंगित गर्छ । कम्तिमा दुइ सन्तान नजन्मिँदासम्म
महिलाले दैनिक जसो यस्तो भोग्नुपर्ने बताइन्छ । अन्य मानव समुदायमा कान्छी श्रीमती बढि प्यारी हुने भएपनि यो समुदायमा
भने जेठी श्रीमती सर्वश्रेष्ठ हुन्छे । पछि ल्याएका अरु श्रीमतीहरु उसको
अधिनमा रहन्छन् र एक किसिमले दासको जस्तै जिन्दगी जिउनुपर्छ र जेठीकै
खटनपटन हुन्छ ।
यो समुदायमा महिलाले मात्र होइन पुरुषले पनि कठीन परीक्षा दिनुपर्छ ।
उनीहरुले पन्ध्रवटा गाइलाई नाघेर दौडिनुपर्छ । त्यसक्रममा गोबरमा कुल्चिँदा
लड्ने खतरा हुन्छ । तर लड्न पाइन्न । लडियो भने त्यहाँ उपस्थित महिलाहरुले
उसलाई कुटपिट गर्छन् । विवाह भन्दा अगाडि यस्तो परीक्षा दिनुपर्छ । १५ वटा
गाइ नाघ्ने परीक्षा पास गर्यो भने मात्र पुरुषले विवाह गर्न पाउँछ, फेल
भएमा रामधुलाई खानुपर्छ ।
No comments:
Post a Comment