Saturday, October 12, 2013

सुमिनाको उत्तेजक पोजले चल्ला त ‘स्टार’ ?

Star-1          कात्तिक १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘स्टार’को निर्माण यूनिटले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
                संचारकर्मी लक्ष्मण सुवेदी र महेन्द्र वुढाथोकीले निर्माण गरेको यो चलचित्रमा सुमिना घिमिरे, निरज बराल, श्याम घिमिरे, गणेश उप्रेती लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई महेन्द्र बुढाथोकीले नै निर्देशन गरेका हुन् ।
              चलचित्रले एक सामान्य युवती चलचित्रको स्टार बन्न के के गर्छे भन्ने कथालाई उठान गरेको छ । पत्रकार सम्मेलनमा निर्माण यूनिटले चलचित्रले सिनेमा नगरी भित्रकै कथालाई उठान गर्ने जानकारी दिएको छ । चलचित्रको गीत र प्रोमोलाई हेर्ने हो
भने नायिका सुमिना घिमिरले आफूलाई एक्सपोज गर्न कुनै कसर बाँकी नराखेको देखिन्छ ।

No comments:

Post a Comment