Thursday, October 10, 2013

एमाले उम्मेदवार आलमको मृत्यु

              काठमाडौ, असोज २४ -अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका एमाले बारा क्षेत्र नं. ४ का उम्मेदवार तथा केन्द्रीय सदस्य मोहमुद आलमको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालको सघन कक्षमा उपचार भइरहेको उनलाई चिकित्सकहरुले मृत घोषीत गरेका हुन् ।
               आलमलाई संविधानसभा निर्वाचनका लागि पार्टीले टिकट दिएको भोलिपल्ट असोज १८ गते बारा जिल्लाको परवानीपुर गाविसस्थित चसावती मिल नजिकै अज्ञात समूहले कन्चटमा गोली प्रहार गरेको थियो । गोली लागेपछि गम्भीर घाइते आलमलाई सोहीदिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आलम सोही पार्टी निकट मुस्लिम इत्तेहाद संगठनका
अध्यक्ष पनि थिए ।
              उनलालाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । निरन्तरको प्रयासमा आलमको अवस्था सुधार नभएपछि चिकित्सकहरूले यसअघि नै भेन्टिलेटरबाट बाहिर निकाल्ने बताएका थिए ।
उनको शव शिक्षण अस्पतालबाट निकालेर पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको बताइएको छ । आलमको अन्त्येष्टि गृहजिल्ला बारा स्थित परवानीपुरमै लगेर गरिने बताइएको छ

No comments:

Post a Comment