बाग्लुङ - निर्वाचन प्रचारमा
हिँडाएका सवारी साधन अज्ञात समुहले जलाएका छन्। संविधान सभा निर्वाचनको
चुनाबी अभियानमा हिँडेका एमाओवादी मोटरसाइकल र एमाले कार्यकर्ताले प्रयोगमा
ल्याएको जिप पार्किङ गरेको अवस्थामा जलाएका हुन्। बाग्लुङ क्षेत्र नं १ का एमाले
उमेद्वार हिरा बहादुर के.सी.को प्रचारमा कार्यकर्ता लिएर गएको ध १ ज ६९
नम्बरको जिप शुक्रबार राती जलाएको प्रहरीले जनाएको छ।
त्यस्तै बाग्लुङकै
क्षेत्र नं ३ मा एमाओवादीका उमेद्वार तुलसी अर्यालको प्रचारमा हिँडेका चार
मोटरसाइकल जलाएका छन्। एमाओवादीको खुंगा सम्पर्क कार्यालय आगाडी राखिएका
चार मोटरसाइकल जलाएको प्रहरीले जनाएको छ ।
पार्किङ गरेर राखिएका बा ५० प ९०७३, बा १ प २४५२, बा १ प २८२५ र ग ७ प २१८४ नम्बरको मोटरसाईकलमा आगजनी भएको छ। घटनाको कुनै समुहले जिम्मेवारी
पार्किङ गरेर राखिएका बा ५० प ९०७३, बा १ प २४५२, बा १ प २८२५ र ग ७ प २१८४ नम्बरको मोटरसाईकलमा आगजनी भएको छ। घटनाको कुनै समुहले जिम्मेवारी