Saturday, October 26, 2013

‘सैनिक शासन सुरु, प्रचण्ड, सुशील र झलनाथ धुरुधुरु हुनेछन्’

                      काठमाडौं, कात्तिक । सुरक्षामामिला जानकारहरुले मंसिर ४ मा हुने संविधानसभा चुनावमा सेना परिचालन हुनुलाई नेपालमा सैनिक शासनको सुरुवातको संज्ञा दिएका छन् । उनीहरु संविधानमा नै नभएको व्यवस्थालाई जवर्जस्ती लादेर विशेष कानुनको बलमा सेना परिचालन गर्नाले शिशु गणतन्त्रलाई धरापमा पार्ने खेल भएको बताए ।
                आज काठमाडौंमा संवाद डबलीले गरेको कार्यक्रममा सैन्यविद डा इन्द्रजित राईले हतारमा गरिएको सेना परिचालनलाई मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी
तथा राष्ट्रपति डा रामवरण यादवले रोक्न नसक्ने दावी गरे । उनले पूर्ण शक्ति लिएर सेना परिचान गरिएकाले अब राष्ट्रको नेतृत्व प्रधानसेनापति गौरब शमशेर राणाको काँधमा गएको बताए ।
                                    सबै काम मुख्य ४ दलका नेता र सरकारले सेनामाथि सुम्पेको हुनाले सेनाले त्यो अधिकार प्रयोग गर्ने उनको भनाइ छ । सैन्यविद राईले भने ‘चुनावको विपक्षमा रहेका दलहरुले सेनालाई छोए मात्रै, सेनाले गोली बर्साउने छ, किनकि गोली ठोक्न सक्नेसम्मको अधिकार सेनालाई दिइएको छ, चुनावले देशलाई युद्धको बाटोमा लैजान खोजेको छ ।’
ढिलो चाँडो सैनिक सुरु हुने उनको दावी छ । उनले राज्यको सम्पूर्ण शक्ति सेनाले आफ्नो हातमा लिए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला तथा एमाले अध्यक्ष झलनाथ खनाल धुरुधुरु रुनु भन्दा अरु विकल्प नै नहुने बताए ।
‘अहिले दलहरुले वाध्य भएर सेना परिचालन गर्न लगाएका छन्, त्यसको परिणाम आफैं पाउने छन्’ उनले भने । अवैधानिक सरकारले गरेको सबै काम अवैध हुने दावी गर्दै सैन्यविद राईले चुनाव भएपनि संविधान नबन्ने बताए ।
कार्यक्रममा द्वन्द्वविद डा विष्णुराज उप्रेतीले सेना परिचालनले विगतको १० वर्षे युद्धको झझल्को दिने बताए । उनले भने ‘जनता त्रसित छन्, सरकार तथा चुनाव पक्ष दलहरु जसरी पनि चुनाव गराउने भन्छन्, त्यसरी हुने चुनावले मुलुकलाई शान्तिको बाटोतिर लैजाँदैन ।’ विशेष कानुनले सेना परिचालन गरेको हुनाले नेपाल सैनिकिरणको बाटोमा गरेको उनको विश्लेषण छ ।
यस्तो अवस्थाले मुलुक झन द्वन्द्वमा फस्ने चिन्ता बढेको भन्दै उप्रेतीले सेना परिचालनको दीर्घकालिन असर पार्ने बताए । त्यस्तै नेपाली सेनाका पूर्वउपरथी अनन्तबहादुर थेवेले सेना परिचालन वैधानिक ढंगले भएको आपत्ति जनाउनु नपर्ने बताए ।
उनले सेनाले चुनाव हुने वातावरणलाई सहयोग मात्रै गर्ने बताए । सेना परिचालन हुने वित्तिकै अब गोली चल्छ, भन्ने त्रासमा कसैमामा पर्न नहुने भन्दै पूर्वउपरथी थेवेले आवश्यकताअनुसार नै सेना ब्यारेक बाहिर गएको बताए । सेना एक्लैले केही गर्न नसक्ने भन्दै उनले सेनालाई आमजनताको सहयोग अपरिहार्य भएको बताए ।

No comments:

Post a Comment