Saturday, October 26, 2013

विप्लबले भने, ‘चुनाबको सशस्त्र बहिस्कार गर्छौ’

 biplab                काठमाडौँ, कात्तिक  ९ – बाहिर-बाहिर चुनाबलाई शान्तिपूर्णरुपमा बहिस्कार गर्ने भने पनि नेकपा-माओबादी निर्बाचनताका उपद्रो मच्चाउने तयारीमा रहेको खुलासा भएको छ | 
                       जनचाहना बिपरितको यात्रामा रहेको बैद्य समुहको त्यस्तो योजनाबारे खुलासा गर्दै डिजिटल मिडिया हातेमालो डट कमले बैद्यका प्रभावशाली नेता नेता नेत्र बिक्रम चन्द “विप्लव” लाई उध्रित गर्दै लेखेको छ :  “मंसिर ४ मा हुनलागेको चुनाब सक्रिय, सशक्त र सशस्त्र ढंगले बहिस्कार हुन्छ |” संबिधानसभाको दोस्रो निर्बाचनलाई बैद्य माओबादीले बिथोल्छ कि भन्ने आशंका कमजोर बन्दै गएका बेला त्यो दल भित्रका निर्णायक पात्रका
रुपमा परिचित नेता नेत्र बिक्रम चन्द “विप्लव” ले चुनाब हुने मितिका आसपास र त्यसपछिका दिनहरु निकै अत्यासलाग्दो हुने संकेत हातेमालो डट कम सँगको कुराकानीको क्रममा गरेका छन् | एकातिर औपचारिक रुपमा शान्तिपूर्णरुपमा चुनाब बहिस्कार गर्छौ भन्ने र भित्रभित्रै अर्कै तयारीमा नेकपा-माओबादी लागेपछि सरकारले पनि त्यो समुहका नेताहरुलाई निगरानीमा राख्न थालेको छ | त्यसो त मुलुकका विभिन्न ठाउँहरुमा बैद्य समुहका कार्यकर्ताले निर्बाचन सामाग्रीहरु लुटेर नस्ट गरिसकेका छन् | उता पाल्पामा भने बैद्य कार्यकर्ताले घर घरमै पुगेर मतदाताहरुलाई भोट हाल्न नजानु भन्ने उर्दी जारी गरेको स्थानीयवासीले बताएका छन् |
             माओबादी लगायतको ३३ दलीय मोर्चाले शान्तिपूर्णरुपमा चुनाबको विपक्षमा उभिने र जनतालाई मतदानमा सहभागी नहुन आब्हान गर्ने निर्णय गरेको सार्बजनिक भैरहेको अवस्था रहेपनि विप्लव भने त्यसलाई ठाडै अस्वीकार गर्छन् | उनि भन्छन्, “पार्टीले त्यस्तो निर्णय गरेको छैन र त्यो होइन | हामीलाई आबस्यकता अनुसार हतियार उठाउन कुनै गाह्रो छैन |” मुलुकमा गम्भीर प्रकारको संकट आइपरेको र राष्ट्रियता र स्वाधिनताको बिषयमा आफुहरुले कहिल्यै सम्झौता नगर्ने भएकाले नै अहिले आइसोलेसनमा परेको उल्लेख गर्दै प्रचण्ड तर्फ इंकित गर्दै उनले अगाडी भने, “बिदेशीको सहयोगमा नेपाली जनतामाथि शोषण गर्ने, शासन गर्ने र लुट मच्चाउने दलाल पुजीबादीहरुको जुन सपना छ त्यसलाई चकनाचुर पारिन्छ |”
             चुनाब त हुने भो, तपाईहरुको बहिष्कारको के अर्थ रहन्छ ? भनि सोधिएको प्रश्नको जवाफमा उनले आफुहरुको असहयोगमा कसैले पनि केहि गर्न नसक्ने बताए भने बैद्य माओबादीको अडानलाई बेवास्था गर्दै सरकार र अन्य राजनीतिकदलहरु हिँडनु दुर्भाग्यपूर्ण परिघटनाको रुपमा आफुले लिएको दोहोरर्याए | नेपालमा संसदीय व्यवस्था आफुहरुले कुनैपनि हालतमा स्वीकार नगर्ने स्पस्ट पर्दै उनले भने, ” मरेपनि संसदीय व्यवस्था स्वीकार्य छैन | हामी पुरानै प्रणालीलाई मान्नु भन्दा बरु घाँटी थाप्न तयार छौ |” राजनीतिक बेइमानी अरुहरुले गरेकाले आफुहरुलाई जुनसुकै तरिकाले आगाडी बढ्न पनि समस्या नभएको बताउदै विप्लवले बैद्य माओबादी दुनियाँले सोचेभन्दा निकै फरक तरिकाले आगाडी बढ्ने र कुनैपनि हालतमा मुलुकलाई दलालहरुको हातमा सुम्पन तयार नरहेको पनि स्पष्ट पारे |
                         पछिल्ला दिनहरुमा सरकारले सेना परिचालन गरेको र गोप्यरुपमा आफ्ना नेता कार्यकर्ताहरुलाई निगरानीमा राखेको घटनालाई नेकपा-माओबादीले राज्यले दमनको सुरुवात गरेको रुपमा लिएको बताउदै बैद्यका एक केन्द्रीयस्तरका नेताले हातेमालोसँग भने, “अहिले हाम्रा पछाडी पुलिस हिंडिरहेको हामीलाई थाहा छ र यसलाई हाम्रो पार्टीले एक प्रकारको नजरबन्दको रुपमा लिएको छ |” उनले मंसिर ४ लाई केन्द्रित गरेर बैद्यका नेताहरुलाई पक्रने तयारीमा राज्यरहेको सूचना समेत आफुहरुले पाएको तर कुनै हालतमा पार्टीले चुनाब भाँडेरै छोड्ने समेत अडान ब्यक्त गरे |

No comments:

Post a Comment