बलिउडका बादशाह साहरुख खानको राज अझै पनि
कायम नै छ । बलिउडमा विगत २० बर्षदेखि वादशाह बनेर राज गरिरहेका साहरुखको
तुलना अन्य नायकसँग भएपनि उनीहरु फिक्का पर्ने गरेका छन् ।हालै
मात्र साहरुख खान निर्मित तथा अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले सबै
रेकर्ड कायम गरेपछि उनलाई फेरी वादशाहको स्थानमा उभ्याएको छ । साहरुख खानको
तुलना सलमान खान, आमिर खान जस्ता स्टारसँग भएतापनि उनीहरु पछि पर्दै आएका
छन् । हालै मात्र भारतमा गरिएको एक सर्वेक्षणले
साहरुखलाई सबैभन्दा आकर्षक नायकको सूचिमा राखिदिएको छ । साहरुखले बलिउडका
अविवाहित नायक सलमान खानदेखि मेघास्टार
अमिताभ बच्चनलाई पनि पछि पारेका छन्
। यो सर्वेक्षण १६ वटा शहरमा गरिएको थियो ।
आफ्नो राम्रो छवि, सिनेमाको बक्स अफिस
कलेक्शन र फ्यानहरु प्रति सधै सद्भाव राखेकै कारण साहरुखलाई रुचाउनेको
संख्या दोब्बर भएको बताइन्छ । यसैले पनि उनले बलिउडमा चलेका अन्य नायकलाई
समेत पछि पारेका छन् ।
No comments:
Post a Comment