Saturday, October 26, 2013

उम्मेदवारको गाडीमा आक्रमण

       टीकापुर, कार्तिक ९ - कैलाली क्षेत्र नं ४ का राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार वीरेन्द्र बमको गाडी तोडफोड गरिएको छ । उम्मेदवार बमले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको युपि ए ०० एफ ७१०० नम्बरको गाडीमा शनिबार विहान ७ बजेतिर घोडाघोडी ताल नजिक तोडफोड भएको हो । घोडाघोडी ताल नजिक गाडी राखेर उम्मेदवार बमसहितको टोली चिया खान गएका बेला गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।
                    गाडीको पछाडिको सीसा फुटेको र अगाडिको चर्केको जनाइएको छ । विरोधी राजनीतिक दलले गरेको हो कि चुनाव विथेाल्नेले गरेको हो छानविन गरिरहेकेा कैलालीका प्रहरी उपरिक्षक
मोहन जोशीले बताए । साथै नेकपा एमाले धनगढी नगरपालिका- ५ को हसनपुरमा रहेको निर्वाचन सम्पर्क कार्यालयमा सुक्रबार राति अज्ञात समुहले व्यानर तथा प्रचार सामग्री च्याति दिएकोे एमालेले जनाएको छ । आसन्न दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमाले प्रति बढदो जनसर्मथन तथा जनलहर देखेर अत्तालिएका केही अराजक तथा अलोकतान्त्रिक तत्वहरूले उक्त घटना गरेको पार्टीले ठहर गरेको विज्ञप्तीमार्फत एमालेले जनाएको छ ।
            एमालेलेको निर्वाचन परिचालन मुलक कमिटी क्षेत्र नं. ६ कैलालीले प्रकाशित गरेको विज्ञप्तीमा भनिएको छ-'उक्त घटना संविधानसभा निर्वाचन आचार संहिताको घोर उलंघन तथा कानुनको खिल्ली उडाउने कार्य भएकाले  घटनाका दोषीहरूलाई पत्ता लगाइ आवश्यक कानुनी कारवाही गर्न स्थानीय प्रहरी, प्रशासन तथा जिल्ला निर्वाचन कार्यालय समक्ष माग गर्दछौं ।'
टीकापुर, कार्तिक ९ - कैलाली क्षेत्र नं ४ का राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार वीरेन्द्र बमको गाडी तोडफोड गरिएको छ ।
उम्मेदवार बमले प्रयोग गर्दै आएको भारतीय नम्बर प्लेटको युपि ए ०० एफ ७१०० नम्बरको गाडीमा शनिबार विहान ७ बजेतिर घोडाघोडी ताल नजिक तोडफोड भएको हो ।
घोडाघोडी ताल नजिक गाडी राखेर उम्मेदवार बमसहितको टोली चिया खान गएका बेला गाडी तोडफोड भएको प्रहरीले जनाएको छ ।
गाडीको पछाडिको सीसा फुटेको र अगाडिको चर्केको जनाइएको छ । विरोधी राजनीतिक दलले गरेको हो कि चुनाव विथेाल्नेले गरेको हो छानविन गरिरहेकेा कैलालीका प्रहरी उपरिक्षक मोहन जोशीले बताए ।
साथै नेकपा एमाले धनगढी नगरपालिका- ५ को हसनपुरमा रहेको निर्वाचन सम्पर्क कार्यालयमा सुक्रबार राति अज्ञात समुहले व्यानर तथा प्रचार सामग्री च्याति दिएकोे एमालेले जनाएको छ ।
आसन्न दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा एमाले प्रति बढदो जनसर्मथन तथा जनलहर देखेर अत्तालिएका केही अराजक तथा अलोकतान्त्रिक तत्वहरूले उक्त घटना गरेको पार्टीले ठहर गरेको विज्ञप्तीमार्फत एमालेले जनाएको छ ।

- See more at: http://www.ekantipur.com/np/2070/7/9/full-story/378084.html#sthash.JzMEiwZF.dpuf

No comments:

Post a Comment