काठमाण्डौं, कार्तिक १७। नेकपा –माओवादीका उपाध्यक्ष सिपि गजुरेलले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको समहत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी नहुने बताए।
आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताए। “अन्य पार्टी र नेताका बीचमा हाम्रो पार्टीलाई यतिउति सिट दिएर सहभागी गराउने हल्ला चलेको छ, अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई जति सिट दिएपनि हामी संविधानैंभामा जादैनौं, सरकार त टाढाको कुरा हो” गजुरेले भने।
उपाध्यक्ष गजुरेलले आफ्नो पार्टीले उठाएका मुद्धाहरु बिजयी हुँदै गएरहको भन्दै अहिलेको निर्वाचनले



