Sunday, December 1, 2013

संविधानसभा र सरकारमा जादैनौं : गजुरेल

                 काठमाण्डौं, कार्तिक १७। नेकपा –माओवादीका उपाध्यक्ष सिपि गजुरेलले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको समहत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी नहुने बताए।
                   आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताए। “अन्य पार्टी र नेताका बीचमा हाम्रो पार्टीलाई यतिउति सिट दिएर सहभागी गराउने हल्ला चलेको छ, अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई जति सिट दिएपनि हामी संविधानैंभामा जादैनौं, सरकार त टाढाको कुरा हो” गजुरेले भने। उपाध्यक्ष गजुरेलले आफ्नो पार्टीले उठाएका मुद्धाहरु बिजयी हुँदै गएरहको भन्दै अहिलेको निर्वाचनले
निकास दिनुको साटो झन द्वन्द्व बढाएको बताए।                      
                   राजनीतिक निकास गोलमेच सम्मेलनबाट हुने करा झन पुष्टि भएको गजुरेलले दाबी गरे।कार्यक्रममा बोल्दै उपाध्यक्ष गजुरेलले एमाओवादीसँग पार्टी एकता र संयुक्त मोर्चा दुवै नहुने तर संविधानसभालाई छोडेर गोलमेच सम्मेलन आए सहकार्य हुन सक्ने बताए। “प्रचण्ड–बाबुराम जीहरुसँग पार्टी एकता त कुरै नगरौं, संयुक्त मोर्चा पनि हुन सक्दैन, गजुरेलले भने, संविाधनसभालाई छोडेर गोलमेच सम्मेलनमा आएपछि एमाओवादीसँग सहकार्य हुन सक्छ।”अर्को प्रसंगमा उपाध्यक्ष गजुरेलले केही दिन पहिला आफूले सम्मानजनक सिट दिए संविधासभामा सहाभागी हुने भन्ने कुरा आफूले नभनेको र भ्रमपूर्ण रुपमा मिडियामा आएको भन्दै नोटिस निकालेर खण्डन समेत गरेका थिए।

No comments:

Post a Comment