Sunday, December 1, 2013

सुष्मा पछि स्वेताको मस्त जवानी हेर्न पाइने, छुन नपाइने

                    नायिका सुष्मा कार्कीले चलचित्र ‘लूट’मा ‘छुनलाई होइन हेर्न चै पाइन्छ’ बोलको गीतमा नृत्य गरेपछि त्यसले सर्वाधिक चर्चा पायो । अब यस्तै अर्की एक नायिका पनि जन्मिएकी छिन् 
                   जसको मस्त जवानी हेर्न मात्र पाइन्छ, छुन भने पाइदैन माघ १६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘प्रोड्यूसर’मा स्वेताको मस्त जवानी हेर्न पाइने भएको हो । निर्माणपक्षले सार्वजनिक गरेको आइटम गीतमा गायिका शित्तल मोक्तान र बाबु बोगटीले आवाज दिएका छिन् ।               
                गीतमा जनकदिप पराजुलीको शब्द, राहुल प्रधानको संगीत छ । म्यूजिक भिडियो निर्देशनमा चर्चा कमाएका जनकदिप पराजुलीले पहिलो पटक निर्देशन गरेको यो सिनेमाले निर्माताको कथा बोलेको छ । चलचित्रमा श्याम अर्याल, श्याम राई, बाबु बोगटी, विल्सन विक्रम राई, स्वेता भट्टराई, पायल रायमाझी लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई ज्योतीकुमार राई र राजकुमार राईले निर्माण

भावी रणनीति तय गर्न माओवादी बैठक बस्दै

             काठमाडौं, मंसिर १७–संविधानसभा चुनाव वहिष्कार आन्दोलनमा लागेको वैद्य माओवादीले चुनाब पछिको रणनिति तय गर्दै छ ।                                           संविधानसभामा सहभागिता जनाउने÷ नजनाउने प्रमुखदलहरुसग गरिने बार्गेनिङ लगायतका विषयमा छलफल गर्न आज माओवादीको बैठक बस्दै छ ।
                       पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकले विगतको समिक्षा, सरकार, संविधानसभामा सहभागी हुने, नहुने बारे ठोष निर्णय गर्ने नेताहरुले बताएका छन् । बैठकमा एमाओवादीसग गर्न सकिने सहायका बिषयमा पनि छलफल हुने छ । संविधानसभा निर्वाचनको परिणामले मुलुकलाई निकास नदिने भन्दै माओवादीले गोलमेच सम्मेलन गरी सहमतिको सरकार गठन गर्नुपर्ने

पीक्सीले छोटो पहिरन माथी तानेपछि

                 पप स्टार पीक्सी लोटले छोटो पहिरन लगाएपछि धेरैको ध्यान खिच्यो ।
                  रेडियो लाइफ जीग नामक कार्यक्रममा गीत गाउन स्टेजमा पुगेपछि उनले लगाएको छोटो पहिरन अझ माथी तानेकी थिइन् ।
               सायद उनले आफ्नो सेक्सी खुट्टा देखाउने चेष्टा गरेको हुनसक्छ । तर खुट्टा देखाउने जोशमा उनको भित्री बस्त्र पनि क्यामेरामा कैद हुनपुग्यो ।
               सेक्सी पहिरन र सबैको ध्यान खिच्ने कपालका कारण पीक्सी निक्कै आकर्षक देखिएकी

बाम गठबन्धन बनाउन दौडधुप

                              काठमाडौ। नेकांले एमाले सहितको गठबन्धन सरकार बनाउन पहल गरिरहेको बेला केही एमाले नेताहरुले  एमाओवादी लगायतका अन्य दललाई लिएर आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउने पहल गरिरहेको थाहा भएको छ। संविधानसभाको निर्वाचनको परिणाम सार्बजनिक भएपछि नयाँ सरकार गठनका जोडघटाउ शुरुभएको छ। दुई ठूला दल कांग्रेस र एमालेका शीर्षनेताहरु सहमतीय सरकार गठनको प्रयासमा छन्।तर, कुरा नमिले अघिल्लो संविधानसभामा जस्तै सहमतिको नाम जप्दै बहुमतीय सरकार गठन नहोला भन्न नसकिने जानकारहरुको भनाई छ। समानुपातिकको समेत मत परिणाम सार्बजनिक भएपछि पनि बहुमतीय सरकार गठन आवश्यक ३०१ कुनै पनि दलसँग छैन।
                     तर, कांग्रेस र एमालेले अन्य दलको साथ लिएर सरकार बनाउन सक्ने देखिन्छ। कांग्रेस र एमालेका दुई दुई नेता दुई स्थानबाट विजयी भएका छन्। उपनिर्वाचन नहुँदासम्म मन्त्रिपरिषदबाट मनोनित २६ लाई समेत कायमगर्दा संविधानसभा ५९७ सदस्यीय हुने

एमाओवादी नेता भन्छन- ‘ज्ञानेन्द्र र प्रचण्ड यो देशका मष्तिस्क र मुटु’

                १७ मंसिर, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका एक नेताले पूर्व राजा ज्ञानेन्द्रलाई नेपालका मुटु र मस्तिस्कका रुपमा ब्याख्या गरेका छन् । चुनाव हार्नुका कारण खोजीरहेको एमाओवादी नेतृत्व अहिले आफ्ना गल्तीबारे पनि मूल्याङ्कन गरिरहेको छ । 
                सोमबार प्रकाशित साँघु साप्ताहिकलाई अन्र्तवार्ता दिँदै एमाओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्टले ज्ञानेन्द्रलाई पनि देशको ‘ब्रेन एण्ड हर्ट’का रुपमा टिप्पणी गरेका छन् । मुलुकका तीनवटा ब्रेन एण्ड हर्टमध्ये एउटा ज्ञानेन्द्र, अर्को प्रचण्ड र अर्को गिरिजाप्रसाद कोइराला भएको बताए । 
                     ‘यो देशमा तीनवटा ब्रेन एण्ड हर्ट थिए, एकजना पूर्व राजा ज्ञानेन्द्र र अर्को गिरिजाप्रसाद कोइराला । अहिले ब्रेन एण्ड हर्ट भनेको प्रचण्ड हो ।’ बिष्टले भने-’मैले अन्धभक्त

संविधानसभा र सरकारमा जादैनौं : गजुरेल

                 काठमाण्डौं, कार्तिक १७। नेकपा –माओवादीका उपाध्यक्ष सिपि गजुरेलले निर्वाचन सम्पन्न भयो भनेर घोषणा गरेपनि आफ्नो पार्टीले उठाएको गोलमेच सम्मेलनको समहत्व झन बढेर गएको भन्दै आफ्नो पार्टी संविधानसभा र सरकार सहभागी नहुने बताए।
                   आइतबार राजधानीमा संवाद डबलीले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै गजुरेलले आफ्नो पार्टी निर्वाचनको सम्पूर्ण प्रक्रियाकै विरोधमा रहेकाले जति सिट दिएपनि संविधानसभामा नजाने बताए। “अन्य पार्टी र नेताका बीचमा हाम्रो पार्टीलाई यतिउति सिट दिएर सहभागी गराउने हल्ला चलेको छ, अहिलेकै अवस्थामा हाम्रो पार्टीलाई जति सिट दिएपनि हामी संविधानैंभामा जादैनौं, सरकार त टाढाको कुरा हो” गजुरेले भने। उपाध्यक्ष गजुरेलले आफ्नो पार्टीले उठाएका मुद्धाहरु बिजयी हुँदै गएरहको भन्दै अहिलेको निर्वाचनले

सतबीज छरेर बाला चर्तुदशी मनाईदै

                          १७ मंसिर, काठमाण्डौं । आज बाला चर्तुदशी हिन्दू धर्माबलम्बीहरुले देशका विभिन्न शक्ति पीठहरुमा सतबीज छरेर मनाइरहेका छन । पशुपतिलगायत देशभरका शिव मन्दिरमा आज बिहानैदेखि सतबीज छर्नेको भीड लागेको छ । आफ्नो परिवारभित्रका सदस्यको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै सतबीज छर्ने गरिन्छ ।
                           सतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवंगत भएका आफन्तका आत्माको चीरशान्तिको कामना गर्दै पशुपतिक्षेत्रको श्लेषमान्तक वनमा सतबीज छरी परिक्रमा गर्दै आज बालाचतुर्दशी पर्व मनाइँदैछ । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ,