नायिका सुष्मा कार्कीले चलचित्र ‘लूट’मा ‘छुनलाई होइन हेर्न चै पाइन्छ’ बोलको गीतमा नृत्य गरेपछि त्यसले सर्वाधिक चर्चा पायो । अब यस्तै अर्की एक नायिका पनि जन्मिएकी छिन्
जसको मस्त जवानी हेर्न मात्र पाइन्छ, छुन भने पाइदैन माघ १६ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘प्रोड्यूसर’मा स्वेताको मस्त जवानी हेर्न पाइने भएको हो । निर्माणपक्षले सार्वजनिक गरेको आइटम गीतमा गायिका शित्तल मोक्तान र बाबु बोगटीले आवाज दिएका छिन् ।
गीतमा जनकदिप पराजुलीको शब्द, राहुल प्रधानको संगीत छ ।
म्यूजिक भिडियो निर्देशनमा चर्चा कमाएका जनकदिप पराजुलीले पहिलो पटक निर्देशन गरेको यो सिनेमाले निर्माताको कथा बोलेको छ । चलचित्रमा श्याम अर्याल, श्याम राई, बाबु बोगटी, विल्सन विक्रम राई, स्वेता भट्टराई, पायल रायमाझी लगायतका कलाकारले अभिनय गरेका छन् ।
चलचित्रलाई ज्योतीकुमार राई र राजकुमार राईले निर्माण
गरेका हुन् । यो चलचित्रमा आबद्ध अधिकांश चलचित्रकर्मीको करिअर सिनेमासँग जोडिएको छ ।
No comments:
Post a Comment