Sunday, December 1, 2013

एमाओवादी नेता भन्छन- ‘ज्ञानेन्द्र र प्रचण्ड यो देशका मष्तिस्क र मुटु’

                १७ मंसिर, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका एक नेताले पूर्व राजा ज्ञानेन्द्रलाई नेपालका मुटु र मस्तिस्कका रुपमा ब्याख्या गरेका छन् । चुनाव हार्नुका कारण खोजीरहेको एमाओवादी नेतृत्व अहिले आफ्ना गल्तीबारे पनि मूल्याङ्कन गरिरहेको छ । 
                सोमबार प्रकाशित साँघु साप्ताहिकलाई अन्र्तवार्ता दिँदै एमाओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र बिष्टले ज्ञानेन्द्रलाई पनि देशको ‘ब्रेन एण्ड हर्ट’का रुपमा टिप्पणी गरेका छन् । मुलुकका तीनवटा ब्रेन एण्ड हर्टमध्ये एउटा ज्ञानेन्द्र, अर्को प्रचण्ड र अर्को गिरिजाप्रसाद कोइराला भएको बताए । 
                     ‘यो देशमा तीनवटा ब्रेन एण्ड हर्ट थिए, एकजना पूर्व राजा ज्ञानेन्द्र र अर्को गिरिजाप्रसाद कोइराला । अहिले ब्रेन एण्ड हर्ट भनेको प्रचण्ड हो ।’ बिष्टले भने-’मैले अन्धभक्त
भएर भनेको हैन, अहिले पार्टी हारेको छ तर जितेकाहरु पनि प्रचण्डकै पछि लागेका छन् नी । प्रचण्डले केही नगरी अगाडी बढ्ने अबस्था छैन यो देशको राजनीति । प्रचण्ड सुबिधाभोगी भएको, उनको जीवनशैली खर्चिलो भएको र पारिवारलाई काखी च्यापेको जस्ता आरोप पनि सही नभएको बिष्टको दावी छ ।                  
नेतृत्वमाथि जेहाद छेड्ने काम भएको भन्दै उनले भने-’यत्रो पार्टी चलाउने कुरा छ, देश चलाउने कुरा छ, उसको सुरक्षाको कुरा होला । उसले खाने कुरा, बस्ने कुरा अरुभन्दा अलिकति महंगो हुँदा के फरक पर्छ ? राष्ट्रको गहनाको रुपमा रहेको मान्छेलाई यति धेरै खेदो खन्ने काम दुर्भाग्यपूर्ण हो प्रचण्डले जितेका हैनन जिताइएको हो यसैवीच बिष्टले अध्यक्ष प्रचण्डले सिरहाबाट जितेको नभई योजनाबद्धरुपमा जिताएको दावी गरेका छन् । उनले भने-’प्रचण्डलाई दुवै क्षेत्रमा हराउने उनीहरुको योजना थियो । काठमाण्डौबाट हारिसकेपछि प्रचण्डले षडयन्त्र र धाँधली भयो भन्नुभयो र प्रतिनिधिलाई मतगणनास्थलबाट फिर्ता बोलाउने काम भयो । त्यसपछि योजनाबद्ध रुपमा प्रचण्डलाई सिरहाबाट जिताइयो । किनभने अब प्रचण्ड सदन बाहिर रहने भयो, त्यसो भयो भने गाह्रो हुन्छ भन्ने ठाने । अनि आठ घण्टा मतगणना रोकेर प्रचण्डलाई जिताइयो ।’

No comments:

Post a Comment