Thursday, September 25, 2014

छातीमा तेश्रो स्तन थपिन् २१ वर्षे युवतीले

               सबै युवतीको चाहना राम्री बन्ने हुन्छ । सुन्दर बन्नका लागि युवतीहरुले जुनसुकै मूल्य चुकाउन पछि पर्दैनन् र आफ्नो बुताले भ्याएसम्म खर्च पनि गर्छन् । तर एक जना अमेरिकी युवतीले भने नराम्री देखिनका लागि मोटो रकम खर्च गरेकी छिन् । फ्लोरिडाकी बासिन्दा तथा पेशाले मसाज थेरापिस्ट २१ वर्षकी जस्मिन टि्रडेभिल नामकी युवतीले २० हजार अमेरिकी डलर खर्च गरेर आफ्नो वक्षस्थलमा तेश्रो स्तन
               प्रत्यारोपण गरेकी हुन् । अतिरिक्त स्तन प्रत्यारोपण गर्नका लागि जस्मिनले ठूलै संघर्ष गर्नुपर्यो । उनले ५०-६० जना डाक्टरकहाँ धाइन् तर कसैले यस्तो काम गर्न मानेनन् । कानून तोडिने डरले डाक्टरहरुले तेश्रो स्तन थपिदिन मानेनन् । तर अन्ततः उनले आफ्नो उद्धेश्य पूरा गरिन् आफ्नो वक्षस्थलमा स्तनको संख्या ३ पूराइन् । यसो गर्नका लागि उनले पूरै २ वर्ष खर्चिनुपर्यो । उनको छातिमा दुइ प्राकृतिक स्तनको विचमा एउटा कृत्रिम स्तन छ र त्यसको मुन्टोमा कलात्मक टाटु

ओलीको सहयोग खोज्दै बाबुराम बालकोटमा

बाबुरामले ओलीलाई भने-सहमति गर्न सघाउनुस् 
         ९ असोज, काठमाडौं । संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधान निर्माणमा सहमति जुटाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहयोग मागेका छन् । बिहीबार बिहान ओली निवास बालकोटमा पुगेर भट्टराईले असोज १४ गतेभित्रै संविधान निर्माणमा सहमति जुटाउन बाँकी रहेका विषयमा पनि सहमति कायम गर्न सहयोग मागेका हुन् । उनले दलहरुबीच सहमति कायम गराउन सकारात्मक भूमिका निर्वाह गरिदिन एमाले अध्यक्ष ओलीलाई आग्रह गरेको स्रोतले जनाएको छ । एमाओवादी नेता भट्टराईले लामो समय संसदको अवरोध कायम रहन नहुने भन्दै संसद खुलाउने भूमिका खेल्न पनि ओलीलाई आग्रह गरेका छन् । उनले सबैलाई मान्य हुने खालको सहमति कायम गरि संसद सुचारु गर्न ओलीलाई आग्रह गरेका हुन् । उनले बिहीबार नै साना दलसँग पनि

यसरी छचल्कियो काजोलको सेक्सी जवानी (फोटो फिचरसहित)

             अर्घाखाँचीकी १८ वर्षीया काजोल खनाल मोडलिङको क्षेत्रमा उदाउँदै गएकी छिन् । मोडलिङमा लागेको ६ महिना मात्र भए पनि उनले नेपालका चल्तीका गायकगायिकाको गीतको भिडियोमा अभिनय गर्ने अवसर पाइसकेकी छिन् । 
               काजोलले गायिका अन्जु पन्तको जबसम्म मैले सास फेरिरहन्छु, माण्डवी त्रिपाठीको खोक्रो खोक्रो भयो जिन्दगीमा, खुमन अधिकारी र पूर्णकला बिसीको तिजका गीतलगायतमा उनले आफ्नो अभिनय कलासमेत देखाइसकेकी छन् ।
            आफ्नो खुबी र क्षमताले मोडलिङ क्षेत्रमा जम्ने सोच बनाएकी काजोल आफ्ना बाबुआमाले यस क्षेत्रमा जम्नका लागि सहयोग गरिरहेको बताउँछिन् । उनी मोडलिङका नाममा एक्सपोजप्रति भने सजग भएको

विनाले भनिन्-मेरो छोरा शाहरुखसँगै फिल्म खेल्छ

              मुम्बई । अस्मित पटेलसँग यौन विवादमा परेकी पाकिस्तानी आइटम गर्ल वीना मलिकलाई पुत्रलाभ भएको छ । अमेरिकाको एक अस्पतालमा उनले छोरा जन्माएकी हुन् । नी आमा भएको जानकारी उनका श्रीमान असद बशीर खानले ट्वीटर मार्फत गराएका छन् । ‘बिग बोस’ चौथो सिजनकी हट प्रतियोगी विनाले केही हिन्दी फिल्ममा उत्तेजक भंगीमा अभिनय समेत गरेकी छिन् । सन २०१३ मा दुबइका ब्यबसायी असदसँग बिबाह गरेपछि उनि अमेरिका भासिएकी थिइन् । 
 छोराको नाम अबराम 
           विनाले आफ्नो छोराको नाम अबराम राखेकी छिन् । उनलाई विश्वास छ एकदिन आफ्नो छोराले बलिउडमा शाहरुख खानसंगै फिल्म खेल्ने छ । उनी फिल्ममा आउने सम्भावना भने लगभग टरेको छ । बिबाह लगत्तै उनले आफु अभिनयमा नफर्किने बताएकी थिइन् । विना आफैमा विवादास्पद आइटम गर्ल

कांग्रेस-एमालेलाई जनताको कठघरामा उभ्याउछौं : विप्लव

                       ९ असोज, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले कांग्रस-एमालेलाई जनताको कठघरामा उभ्याइने बताएका
छन् ।आफ्नो अपराधलाई लुकाउन कांग्रेस र एमालेले माओवादी आन्दोलनलाई अपराधिकरण गर्न खोजेको भन्दै उनले भने-‘मैले उहाँहरुलाई यसो नगनुस् भनेको छु, यदि रोक्नुभएन भने उहाँहरुलाई जनताको कठघरमा उभ्याइनेछ । प्रगतिशील गीतकार अग्र विष्टको ‘परिवर्तनका आवाजहरु’ नामक गीती एल्वम विमोचन कार्यक्रममा माओवादी सचिव विप्लवले माओवादी सहभागिता विनाको राज्य वैधानिक नहुने बताए । उनले भने-माओवादी विनाको वैधानिक पनि हुँदैन र तपाईहरुले राज्य संचालन गर्न पनि सक्नुहुँदैन ।’< मानवअधिकारवादीहरुले गर्ने बहास भन्दपनि तल्लोस्तरमा बनाउन खोजेकाले सर्वपक्षीय गोलमेच सम्मेलन बहिस्कार गरेका उनले बताए । ‘हामीले भनेको त संविधानसभा विघठन गरौं र सर्वपक्षिय सम्मेलन गरौं हो । संविधानसभालाई मानेर हुने कुनै गोलमेचमा सहभागी हुँदैनौं’-सचिव चन्दले भने । संसादवादीहरुले माओवादीलाई तह लगाउने सोचेको भन्दै अगाडी आएसेना बनाउन

जीके भन्छन् -‘मैले सेक्सी फिल्म बनाएको छैन, अब दुबइमा सुटिङ’

            चलचित्र ‘बर्बाद’मा कलाकार तथा निर्माता भएपछि व्यवसायी जीके शर्माले आलोचना पनि धेरै नै भोग्नु पर्‍यो । तर, उनले भने आफूले ‘बर्बाद’ बनाएर कुनै गल्ती नगरेको बताए । जीकेले आफूले परिवार सबै बसेर हेर्न मिल्ने चलचित्र बनाएको भन्दै बजारमा अनावश्यक हल्ला चलेको दाबी गरे । ‘बर्बाद’को व्यापारले आफू निक्कै खुशी रहेको दाबी उनको छ । उनले अब आफूले नयाँ चलचित्र ‘यूवराज’ बनाउन लागेको जानकारी दिए ।
                ‘यूवराज’को छायांकन दुबइमा हुने उनको भनाई छ । यो चलचित्रमा लगानी अरुकै भएपनि सम्पूर्ण व्यवस्थापन उनले लिएका हुन् । ‘यूवराज’ लगतै नयाँ सिनेमा बनाउने उनको तयारी छ । सिनेमा किन बनाउनुहुन्छ भन्ने प्रश्नमा जीकेले भने-‘म एक व्यापारी हुँ । यसैले व्यापारका लागि सिनेमा बनाउँछु ।’< करिब आधा दर्जन चलचित्रमा समेत काम गरेका जीकेले आफूमा अभिनय क्षमता भएको दाबी गरे । भने-‘ममा अभिनय क्षमता छ । यसैले म सानैबाट यो क्षेत्रमा रुची राख्थे ।’ उनले आफूलाई खारिएर आएको कलाकार समेत भनेका छन् । हालै मात्र ‘लाटी’ चलचित्रमा अभिनय गरेका जीकेले बर्षमा ४ वटा सिनेमा खेल्ने र एउटा बनाउने योजना बुनेका

सार्कका लागि रंगीन काठमाडौं

                    काठमाडौं, असोज ९ – आउँदो मंसिर १० र ११ गते राजधानी काठमाडौंमा आयोजना हुने अठारौं सार्क शिखर सम्मेलनका लागि राजधानी सजाउने क्रम सुरु भइरहेको छ । सम्मेलनका लागि भृकुटीमण्डप, रत्नपार्क, सुन्धारा, थापाथली, माइतीघर, बानेश्वरलगाायत स्थानमा सौर्य सडकबत्ती जडान गरिँदैछ । सिंहदरबारस्थित पुरानो संसद भवन र राष्ट्रिय सभा गृह सिंगारिएको छ भने शहरका मुख्य–मुख्य चोकका बगैंचामा मालीले ढकमक्क फूल फुलाईसकेका छन् । सार्क राष्ट्रमा सहभागी पाहुनाहरुलाई घुमाउने योजना रहेका पाटन दरबार स्क्वायर, भक्तपुर दरबार र वसन्तपुरका मन्दिरहरुमा पनि रंग पोत्न थालिसकिएको छ ।आजकल राजधानीमा पुल पुलेसा र सडक किनारमा श्रमिकहरु रंग पोतिरहेका भेटिन्छन् । यसरी राजधानीलाई सुन्दर बनाउन श्रमिकहरु दिनरात खटिरहेका छन् । अब केही दिनमै चिटिक्कको राजधानी देख्न पाइनेछ आशा मानिसहरुले गर्न