चलचित्र ‘बर्बाद’मा कलाकार तथा निर्माता भएपछि व्यवसायी जीके शर्माले आलोचना पनि धेरै नै भोग्नु पर्यो । तर, उनले भने आफूले ‘बर्बाद’ बनाएर कुनै गल्ती नगरेको बताए । जीकेले आफूले परिवार सबै बसेर हेर्न मिल्ने चलचित्र बनाएको भन्दै बजारमा अनावश्यक हल्ला चलेको दाबी गरे ।
‘बर्बाद’को व्यापारले आफू निक्कै खुशी रहेको दाबी उनको छ । उनले अब आफूले नयाँ चलचित्र ‘यूवराज’ बनाउन लागेको जानकारी दिए ।
‘यूवराज’को छायांकन दुबइमा हुने उनको भनाई छ । यो चलचित्रमा लगानी अरुकै भएपनि सम्पूर्ण व्यवस्थापन उनले लिएका हुन् । ‘यूवराज’ लगतै नयाँ सिनेमा बनाउने उनको तयारी छ । सिनेमा किन बनाउनुहुन्छ भन्ने प्रश्नमा जीकेले भने-‘म एक व्यापारी हुँ । यसैले व्यापारका लागि सिनेमा बनाउँछु ।’<
करिब आधा दर्जन चलचित्रमा समेत काम गरेका जीकेले आफूमा अभिनय क्षमता भएको दाबी गरे । भने-‘ममा अभिनय क्षमता छ । यसैले म सानैबाट यो क्षेत्रमा रुची राख्थे ।’ उनले आफूलाई खारिएर आएको कलाकार समेत भनेका छन् ।
हालै मात्र ‘लाटी’ चलचित्रमा अभिनय गरेका जीकेले बर्षमा ४ वटा सिनेमा खेल्ने र एउटा बनाउने योजना बुनेका
छन् । ‘संझिराख है’, ‘दुलही रानी’, ‘विरासत’, ‘जाउँ हिड पोखरा’, ‘बर्बाद’, ‘लाटी’ लगायतका सिनेमामा उनले काम गरिसकेका छन् ।
No comments:
Post a Comment