Thursday, September 25, 2014

सार्कका लागि रंगीन काठमाडौं

                    काठमाडौं, असोज ९ – आउँदो मंसिर १० र ११ गते राजधानी काठमाडौंमा आयोजना हुने अठारौं सार्क शिखर सम्मेलनका लागि राजधानी सजाउने क्रम सुरु भइरहेको छ । सम्मेलनका लागि भृकुटीमण्डप, रत्नपार्क, सुन्धारा, थापाथली, माइतीघर, बानेश्वरलगाायत स्थानमा सौर्य सडकबत्ती जडान गरिँदैछ । सिंहदरबारस्थित पुरानो संसद भवन र राष्ट्रिय सभा गृह सिंगारिएको छ भने शहरका मुख्य–मुख्य चोकका बगैंचामा मालीले ढकमक्क फूल फुलाईसकेका छन् । सार्क राष्ट्रमा सहभागी पाहुनाहरुलाई घुमाउने योजना रहेका पाटन दरबार स्क्वायर, भक्तपुर दरबार र वसन्तपुरका मन्दिरहरुमा पनि रंग पोत्न थालिसकिएको छ ।आजकल राजधानीमा पुल पुलेसा र सडक किनारमा श्रमिकहरु रंग पोतिरहेका भेटिन्छन् । यसरी राजधानीलाई सुन्दर बनाउन श्रमिकहरु दिनरात खटिरहेका छन् । अब केही दिनमै चिटिक्कको राजधानी देख्न पाइनेछ आशा मानिसहरुले गर्न
थालेका छन् ।

No comments:

Post a Comment