Saturday, July 13, 2013

कोइरालाको स्कर्टिङमा डन


                     अमेरिका उपचार गराएर दुईसातापछि काँग्रेस सभापति सुशील कोइराला शनिवार स्वदेश फर्किएका छन् । उनलाई प्रहरीले गन्डागर्दीको सूचीमा राखेका ब्यक्तिले प्रहरीकै अघिअघि स्कर्टिङ गरेर अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्ज पुर्‍याएको   खबर छ ।
                 कोइरालालाई स्वागत गर्न विमानस्थलमा जानेको ठूलै भीड थियो । भीड नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मे हम्मे परेको थियो । भीड नियन्त्रण गर्ने क्रममा विमानस्थल प्रहरी प्रमुख डिआइजी गोपाल भण्डारीको कपडा नै च्यातिएको छ । कोइरालालाई स्वागत गर्न पुगेका करिव दुई सय काँग्रेस कार्यकर्तामध्ये अधिकांश प्रहरीले गुन्डागर्दीको
सूचीमा राखेका व्यक्ति थिए । डन रोज राणा, सञ्जीव स्याल लगायतका आफ्नो ठूलै समूह लिएर विमानस्थल पुगेका थिए ।
                         राणा काँग्रेसनिकट डन मानिन्छन् । त्यस्तै सञ्जीव लामा भनिने स्याल काभ्रे तरुण दलका नेता हुन । उनी पक्राउ पर्दा डेढ महिनाअघि उनका समर्थकले काभ्रे नै बन्द गराएका थिए । राणा, स्यालमात्र नभएर कोइराला निकट ‘टोले’ डनको समूह पनि विमानस्थलमा  थियो । ट्राफिक नियम उल‌ंघन गर्दै एउटै मोटरसाइकलमा तीनजनासमेत बसेर उनीहरुले कोइरालालाई प्रहरीभन्दा अघिअघि स्कर्टीङ गरेका थिए । तर, देउवानिकट मानिने कुमार घैटे,पूर्ण गुरुङलगायत भने गएका थिएनन् ।

No comments:

Post a Comment