३० असार, काठमाण्डौ । सरकारले आर्थिक वर्ष
२०७०/०७१ को बजेट प्रस्तुत गर्ने भएको छ । आइतवार साँझ साढे ५ बजे
राष्ट्रिय योजना आयोग (डा. हर्क गुरुङ हल) मा अर्थामन्त्री शंकरप्रसाद
कोइरालाले आगामी आर्थिक वर्षको वाषिर्क आय व्यय विवरण (बजेट) प्रस्तुत
गर्नु हुने छ ।
निकासी र औद्योगिक क्षेत्रलाई बढावा दिने
सीमित नयाँ कार्यक्रम सहित ५ खर्व १० अर्बको बजेट आउने अर्थ मन्त्रालय
स्रोतले जनाएको छ । राजनीतिक दलको चर्को दबाब र राष्ट्रपति रामवरण यादवको
चासोपछि सरकारले बजेटमा अत्याबश्यकीयबाहेक नयाँ कार्यक्रम राखेको छैन । बजेटमा निकासीमुलक उद्योगलाई प्राथमिकता
दिन भन्दै अनुदान रकम बढाइएको स्रोतले बताएको छ । ३ खर्ब ६० अर्व राजस्व
उठाउने लक्ष्य लिइएको बजेटमा मंसिरमा हुने संविधानसभा निर्वाचनका लागि
सुरक्षासमेत गरी
करिब १८ अर्ब विनियोजन गरिएको बताइएको छ । यसैवीच बजेट
पारित गर्न आइतवार विहान ११ बजेपछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ
No comments:
Post a Comment