मुरारीराज शर्मा बेलायतमा राजदूत रहँदा उनले खेमराज भट्ट मायालुकी बुहारी दमयन्ता भट्ट खरेललाई भुइँ सफा गर्ने (मेट) कामका लागि दुईवर्षे करारमा राखेका थिए। दमयन्तासँगै भीसा सेक्सनमा काम गर्नका लागि सुरेन्द्र भण्डारीलाई पनि उनले दुईवर्षे नियुक्ति दिएका थिए। बेलायतमा निरन्तर पाँच वर्ष बस्नेले स्थायी बसोबास ९क्ष्ीच्० को अवसर पाउने हुनाले डा. चालिसेले दुईवर्षे करार अवधि सकिएपछि पनि ती दुवैलाई ‘सेवा’ मा निरन्तरता दिँदै आएका थिए। करिब एक महिनाअगाडि दमयन्ता र सुरेन्द्र भण्डारीले नियमानुसार इन्डिफिनिट लिभ टु रिमेन ९क्ष्ीच्० प्राप्त गरे र त्यसको तीन सातापछि दुवैको राजदूतावासमा काम गर्ने करार अवधि पनि सकियो। दुवैजनाको ‘कल्याण’ भएको र सो स्थानमा अरू कोही नेपालीलाई मौका दिनु उपयुक्त हुने ठानेर हुनसक्छ उनीहरूको करार अवधि थप गर्न राजदूतावासले चाहेन। दूतावास कर्मचारी सूत्रका अनुसार दमयन्ताको आचरण ठीक नभएको र काम पनि राम्रो नगर्ने हुनाले उनको करार अवधि पुनः थप गरिनुपर्छ भन्ने पक्षमा कोही पनि थिएनन् र राजदूत चालिसे स्वयम्ले पनि यस तथ्यलाई बुझेका थिए। त्यसैले दमयन्ता र सुरेन्द्रको करार नवीकरण हुन सकेन। ‘सेवा’मा कायम रहन दमयन्ताले अनेकौँ प्रयास गरेकी थिइन् तर उनलाई सफलता मिलेन। यही विषयलाई लिएर क्रूद्ध बन्न पुगेकी दमयन्तालाई राजदूतावासकै भीसा सेक्सनमा काम गर्ने अनिल अधिकारी (जो मुरारीराज शर्माका साढुभाइ पनि हुन्) ले राजदूत चालिसेविरुद्ध उक्साउन थाले। करार अवधि थप नभए घूस मागेको र यौन हिंसा गरेको भन्ने आरोप लगाएर मिडिया तथा न्यायालयसम्म जाने धम्की पनि दमयन्ताले राजदूतलाई दिएको बताइन्छ। ‘जागिर’ गएपछि तिनै मुरारीराज शर्मा र अनिल अधिकारीको सहयोगमा दमयन्ता विभिन्न सञ्चारमाध्यमसम्म पुगिन् र राजदूत चालिसेको मानमर्दन गर्ने काम गरिरहेकी छिन्। बेलायतमा अदालती प्रक्रिया महँगो हुने भएकाले उनी अदालत भने जान सकिनन्। तर, एक सूत्रले दिएको जानकारीअनुसार राजदूतविरुद्ध अदालतमा जान आफूहरूले सहयोग गर्ने वचन मुरारीराज शर्मा र अनिल अधिकारीले दमयन्तालाई दिएका छन्।
शर्मा र अधिकारीको आश्वासन पाएपछि दमयन्ता राजदूत
चालिसेका विरुद्ध यौन हिंसाको आरोप लगाउँदै अदालत जाने तयारी गरेको बताउँदै
हिँड्न थालेकी छिन्। अदालतमा मुद्दा परेमा राजदूतलाई नेपाल फिर्ता बोलाइने
र रेग्मी सरकारले आफूलाई राजदूत नियुक्त गरिदिने विश्वासमा रहेका
मुरारीराज शर्मा दमयन्तालाई शिखण्डीका रूपमा प्रयोग गरेर लाखौँ खर्च गर्न
तयार भएको बताइन्छ। यसरी आफ्नी पत्नीलाई मुरारीराजले दुरुपयोग गर्न खोजेका
भए पनि तिनका पति एवम् खेमराज मायालुका सुपुत्र भने निरीह बनेका छन्। आफ्नी
पत्नीको स्वभाव र चरित्रबाट आजित बनेका उनले जतिसुकै सम्झाउँदा पनि
पत्नीलाई काबुमा लिन सकेका छैनन्। यस प्रकरणमा दमयन्ताको भन्दा पनि
मुरारीराज शर्माको व्यवहारलाई लिएर राजदूतावासका कर्मचारी तथा लन्डनस्थित
नेपाली समुदाय चकित परेका छन्। स्मरणीय छ, दमयन्ता टुरिष्ट भिसामा बेलायत
पुग्नुअघि साइप्रसमा ‘बारगर्ल′का रूपमा काम गर्थिन्। उनले त्यहाँ शरणार्थी
बन्न गरेको प्रयास असफल भएपछि साइप्रस सरकारले उनलाई नेपाल फिर्ता
पठाइदिएको थियो।
No comments:
Post a Comment