तीजको गीतको
चर्चा निक्कै छोटो समयमा हुने भएकाले पनि उनीहरुले बजारमा गीत सार्वजनिक
गर्न थालिसकेका छन् ।यसैक्रममा
गायिका सहिमा श्रेष्ठले पनि तीजको अवसरमा कोशेली ल्याएकी छिन् । ‘तीज
सहिमा’ एल्बममा समावेश ‘तीजको बेला माइतीमा आको’ बोलको गीत सहिमाले
सार्वजनिक गरेकी हुन् । कुमार विवाहितको शब्दमा तयार भएको यो गीतले तीजको
समयमा माइती जाने चेलीहरुको कथालाई उठान गरेको छ ।
जनक कार्कीको नृत्य, निरज कँडेलको छायांकन
रहेको यो भिडियोलाई डीके डटकमले निर्देशन गरेका हुन् । भिडियोमा गायिका
सहिमाले आफै मोडलिङ पनि गरेकी छिन् । तीज पर्वको अवसरमा महिलाहरुलाई यो
गीतले नचाउने विश्वास गरिएको छ ।
No comments:
Post a Comment