Sunday, July 7, 2013

चार दलले लचक भयौं भन्नुको अर्थ छैन : वैद्य

             २३ असार, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले २५ बुँदे बाधा अड्काउ आदेश खारेज नगरेसम्म सरकार र चार दलले लचक भएको भन्न्ााको कुनै अर्थ नभएको बताउनुभएको छ ।
                अनेरास्ववियु क्रान्तिकारीले आइतबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले भन्नुभयो-’दलीय  सरकार बनाउने र २५ बुँदे बाधा अड्काउ खारेज नगरी अन्य विषयमा मात्र सहमति गरौं भन्नु हामीलाई मान्य छैन, लचिलो हुने हो भने ती विषयमा उनीहरु सहमत हुनुपर्छ ।’ उहाँले गोलमेच सभा गरी राष्ट्रिय सहमतिको सरकार बनाउने मागको सुनुवाइ नगरी जबर्जस्ती चुनाव गर्न खोजे प्रतिकार गरिने
बताउनुभयो ।
             माओवादप् अध्यक्ष वैद्यले निजी विद्यालयलाई साथ लिएर सरकारले समुदायिक विद्यालयलाई उपेक्षा गरेको आरोप लगाउनु भयो । रासस

No comments:

Post a Comment