त्यही शान्ति मिसनले प्रहरीलाई बदनाम पनि गराएको छ। खासगरी डार्फर मिसनको घोटाला प्रकरण प्रहरी इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार बन्न पुग्यो। नेपाल प्रहरीमा शान्ति मिसनकै विषयमा फेरि सनसनी मच्चिएको छ। आफ्नो कोटा सशस्त्र प्रहरीले लैजाने भएपछि नेपाल प्रहरीले चलाखी अपनाएको छ। नेपाल प्रहरीले विदेशमै स्याट परीक्षा लिने गरी प्रहरी अधिकारीलाई शान्ति मिसनमा पठाउने भएको छ। अनपोल शान्ति मिसनका लागि छनोट भएका प्रहरी अधिकारी सकिसकेको तर तत्काल प्रिस्याट तथा स्याट परीक्षा हुन नसकेपछि प्रहरी प्रधान कार्यालयले स्याटजस्तै परीक्षा लिएर मिसनमा पठाउने तयारी गरेको छ। जसले सशस्त्र प्रहरीलाई रुष्ट बनाएको
नेपाल प्रहरीमा दुई वर्षदेखि स्याट परीक्षा हुन सकेको छैन। सशस्त्र प्रहरीमा परीक्षा उत्तीर्ण गरेर बसेका प्रहरी अधिकारीहरू मिसन जान बाँकी नै रहेकाले परीक्षा हुन नसकेको हो। स्याट परीक्षा लिँदा दुवै सुरक्षा निकायले सहमतिमा राष्ट्रसंघीय प्रतिनिधि बोलाउँदै आएका छन्। प्रहरीले केही महिनाअघि प्रि स्याट परीक्षा संचालन गर्न खोजेकोमा सशस्त्रले विरोध गरी रोकिदिएको थियो।
यसअघि उच्च प्रहरी अधिकारीले आफू निकटलाई परीक्षा नै नदिई मिसनका लागि छनोट गरेकाले पनि विवाद भएको थियो। त्यही कारण यसपटक परीक्षा लिइएको थियो।
नेपाल प्रहरी अनपोल मिसन अर्न्तगत सुडान, दक्षिण सुडान, हाइटी, लाइबेरिया लगायतका देशमा खटिँदै आएको छ। मिसनमा खटिने प्रहरी अधिकारीले महिनामा करिब ३ लाख रुपियाँ कमाउने भएकाले महत्वपूर्ण अवसरका रुपमा लिने गरिएको छ। नेपालबाट ठुलो संख्यामा सुरक्षा अधिकारीहरू सुडान खटिने गर्दछन्। तर राष्ट्रसंघ र सुडान सरकारबीच विवाद रहेकाले सुडानले भिसा दिन सधैं ढिला गर्दै आएको छ। जसकारण छनोट भएर पनि भिसा नआउँदा प्रहरी अधिकारीहरू जान पाएका छैनन्। अन्य देशका प्रहरी अधिकारीसँग प्रतिपर्धा गरेर नाम निकालेका एसपी कमल जिटी समेत वर्ष दिनदेखि भिसा कुरिरहेका छन्।
No comments:
Post a Comment