२५ साउन, काठमाडौं । नेकपा-माओवादीका
अध्यक्ष मोहन बैद्य किरणले आफूहरुले उठाएका मागहरु सम्वोधन नभए जसरी पनि
निर्वाचन असफल पार्ने चेतावनी दिनु भएको छ ।
नेपाल राष्ट्रिय कर्मचारी संगठनको प्रथम
राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बैद्यले आफूहरुले वार्ता र
संघर्ष एकैसाथ अघि बढाउने बताउनुभयो । मंसिर ४ को चुनाव रुपमा लोकतन्त्रका
लागि जस्तो देखिए पनि लोकतन्त्र र जनताको अधिकारमाथि धावा बोल्न गराउन
खोजेको उहाँको भनाई थियो ।
२०४६ सालपछि दलहरुले बेवास्ता गरेकै कारण
आफूहरुले १० बर्षे जनयुद्ध गरेको भन्दै माओवादी अध्यक्ष बैद्यले दलहरुले
फेरि बेवास्ता गरे दुर्घटना निम्तिने चेतावनी
दिनुभयो । उहाँले सबै
पार्टीहरुका बीचमा सहमति भएमा आफूहरु सविधानसभाको चुनावमा सहभागी हुने
बताउनुभयो । कार्यक्रममा माओवादी प्रवक्ता पम्फा
भुषालले नेपालमा कतिपय उच्चस्तरीय कर्मचारीहरुले नै राष्ट्रिय अस्थित्वका
लागि भन्दा पनि पाँचतारे होटलमा बसेर भारतको निर्देशनमा काम गरेको भन्दै
आप्पत्ति जनाउनुभयो । अधिवेशन भोलिसम्म चल्नेछ ।
No comments:
Post a Comment