निर्वाचनको विपक्षमा देखिएका मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीसहितका ३३ दलसँग वार्ता गर्न पुष्पकमल दाहाल खटिनु भएको छ। चार दलीय उच्च स्तरीय राजनीतिक
वैद्यले पनि वार्ताका निकास निस्कने संभावना एकदमै न्यून रहेको भन्दै वार्तामा नबस्न अन्तर्राष्ट्रिय स्तरमा आफूहरुको वार्ता तथा निर्वाचन विरोधी भनी आलोचनाको मात्र हुनुपर्ने भएकाले त्यसबाट छुटकार पाउन पनि वार्तामा बस्नैपर्ने बाध्यता रहेको जानकारी गराएका थिए। वैद्यहरुले वर्तमान सरकारको नेतृत्वमा नभई दलीय नेतृत्वको सरकारबाट मात्र निर्वाचन हुनुपर्ने, निर्वाचनको घोषित मितिमा निर्वाचन हुन नसक्ने, चार दलीय सिण्डिकेट हट्नुपर्ने जस्ता कुरा उठाएर दाहाललाई हैरान पारिदिएका थिए।
वैद्य नेतृत्वको विरोधी टोलीसँग वार्ता गर्ने जिम्मा दाहाललाई दिएर गल्ती भएको भन्नेहरु देखिन थालेका छन्। वैद्यको दल निर्वाचनमा आए त्यसबाट सबैभन्दा बढी घाटा भनेकै आफ्नै दलमा पर्ने कुरा बुझ्नु भएका दाहाल स्वयम् नै वार्ता सफल होस् भन्ने पक्षमा नरहेको भन्नेहरु पनि छन्। वार्ताबाट कुरा नमिले वैद्यहरु निर्वाचनमा सहभागी नहुने अवस्थामा आफ्नो दललाई फाइदा पुग्ने विश्वासमा दाहाल रहनु भएको छ। त्यसैले दाहालले वैद्य पक्षलाई निर्वाचनमा आउन भन्दा पनि नआउनका लागि प्रेरित गर्ने कार्य गरिरहेको अवस्था छ।
दाहालको शैलीबाट समाधान ननिस्कने अवस्था छ। दाहालको यो कार्यशैलीलाई अन्य दलले समयमै बुझ्न नसके वैद्य नेतृत्वको ३३ दल सदाका लागि टाढिने अवस्था छ।
उता, वैद्यहरु आज पनि वार्तामा बस्ने भएका छन्। आजको वार्ताबाट पनि कुनै निष्कर्ष ननिस्कले अवस्था छ। वैद्यहरुले राखेका माग पूरा हुने अवस्था छैन। वर्तमान सरकार नै विघटन गरिनुपर्ने माग राखिएको अवस्थामा सरकारले माग पूरा हुने संभावना पनि छैन। त्यसैले जतिपल्ट वार्ता गरे पनि त्यो वार्तामा नै सीमित हुने अवस्था छ।
No comments:
Post a Comment