नेपाल अहिले विदेशीको लागि खेल्ने थलो बनिरहेको छ। नेपालमा हिन्दु. धर्मावलम्वीहरुको बाहुल्यता रहेकाले त्यसलाई कमजोर पार्न खासगरी इसाई धर्मालम्वीहरुको बाहुल्यता भएका मुलुकहरुले विभिन्न आई.एन.जी.ओ. तथा
नेपालमा अहिले इसाई धर्मावलम्वीहरुको संख्या बढ्नमा दुइटा कारण छन्। पहिलो कारण त्यसरी विदेशबाट भित्रने रकम खेलाउन पाउने गिरोहले आफूले लाखौं रुपियाँ झ्याम पारेर केही लाख खर्च गरी धर्म परिवर्तन गराउने कार्य गर्दछन्। यसैगरी कतिपय लोभी तथा अवसर नपाएका दीनदुःखी र कथित दलितलाई विना लगानी इसाई धर्मभीरुहरुले धर्म परिवर्तन गराउन प्रेरित गर्ने गरेका छन्। उनीहरुले रोगीलाई इसाईका भगवान्को आराधना तथा प्रार्थना गर्नासाथ रोग निको हुने कुरा भन्ने गर्छन्। रोगबाट आजित भएको व्यक्तिलाई सानो आश्वासन पनि ठूलो हुने हुँदा उनीहरुले प्राथना गर्ने गर्छन्। त्यस्तो गर्दा पनि निको भएन भने प्रभु अझै प्रशन्न भइनसक्नु भएकोले अझै भक्तिभावसहित गर्नुपर्दछ भन्दै प्रार्थना तथा चर्चमा जान प्रेरित गर्दछन्। त्यस्ता विरामीले दवाई पनि चलाइरहेको अवस्थामा केही मात्रामा सुधार देखिएमा ‘प्रभू’ को कारण भन्दै सदाका लागि सोही धर्म मान्न लगाउने गर्दछन्। रोग लागेको व्यक्ति पनि सामान्य सुधारमा मख्ख पर्दै जानाले आफ्नो धर्म परिवर्तन गर्न तयार हुन्छन्।
यसैगरी गरिब असहायहरुलाई आफ्नो धर्म लिएमा फाइदा हुने भन्दै उनीहरुले आफ्नो पक्षमा पार्ने कार्य गर्छन्। गरिबको जिन्दगी आशैआशमा वित्ने भएकाले कतिपयले जीवन परिवर्तनको आशामा उक्त धर्मलाई आत्मसात गरेका हुन्छन्। यसरी उनीहरुको टाउको गनाएर पनि लाखौं डलर कुम्ल्याउनेहरु रमाउन पुग्छन् । यस्तै नेपालका कथित दलितहरुप्रति पनि धर्म परिवर्तन गराउनेहरुको ठूलो चलखेल देखिन्छ। हिन्दु धर्ममा जातपातको कुरा रहेको भन्दै आफ्नो इसाई धर्ममा जातपातको कुनै प्रभाव नरहेको भन्दै उनीहरुले आकर्षित गर्ने गर्छन्। वास्तवमा भन्ने हो भने हिन्दु धर्मका कुनै पनि ग्रन्थमा जातपातको व्यवस्था छैन। कतिपय राजा वा व्यक्तिहरुले आफ्नो स्वार्थ अनुसार जातिप्रथाको व्यावस्था गरेका हुन्। त्यस्तो कुरा नबुझ्ने कतिपय कथित दलितहरु आफ्नो सनातन धर्म छाडिरहेका छन्। उनीहरु धर्म त्यागेकोमा पछि गएर पछुताउने गरेका छन्। वास्तविकता खोतल्ने हो भने इसाई धर्मालम्वीहरु दुई वर्गमा विभाजित छन्। दुई वर्गका उनीहरु एक अर्काका कट्टर विरोधी मात्र छैनन् कि एक अर्काका बीचमा छुवाछुतको अवस्था समेत कायम छ। यस्तो अवस्थामा पनि उनीहरु आफूहरुलाई सुधार्नुको साटो अरुलाई विगार्न पछि लागिरहेका छन्।यसरी धार्मिक रुपमा विदेशीको चर्चा चलखेल नै थाम्न गाह्रो परिरहेको अवस्थामा नेपालमा राजनीतिक क्षेत्रमा समेत विदेशीको चलखेल बढेको बढ्यै छ। यस मामिलामा अरुको भन्दा पनि हाम्रै नेताहरुको दोष बढी देखिन्छ। अन्य देशको तुलनामा भारतको भक्तिमा हाम्रा देशका नेताहरु बढी रमाउने गरेका छन्। नेपाल अस्थिर राजनीतिमा जकडिएको अवस्थामा भारतीय आशीर्वादमा मात्र प्रधानमन्त्री बन्न पाइने भन्ने मान्यतासहित हाम्रो देशका नेताहरु भारतभक्तिमा बढी लालायित देखिएका छन्। भारतको आमन्त्रण तथा भ्रमणमा कसलाई बढी महत्व दिइयो भन्दै नेपाली नेताहरुले आफ्नो नाक ठूलो पार्ने गरेका छन्। अमेरिकासँग नजिक भनी आरोप खेप्दै आउनुभएका नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालाई भारतले भ्रमण गराई उहाँको भ्रमणलाई राम्रै महत्व दिएको प्रचार गरियो। देउवा समेत उक्त भ्रमणबाट मख्ख परेको अवस्थामा उहाँको भ्रमणसँगै ‘अब देउवा प्रधानमन्त्री बन्ने’ भन्ने चर्चा चल्न थाल्यो। देउवाको चर्चा नसेलाउँदै नेकपा (एमाले) का माधवकुमार नेपाल भारतको भ्रमणमा हिँड्नुभयो। नेपालको भ्रमणलाई पनि भारतीय पक्षले राम्रै महत्व दिएपछि नेपाली राजनीतिक वृत्तमा उहाँ प्रधानमन्त्री बन्ने संभावना बढेको भनी प्रचार फैलन नपाउँदै भारतीय पक्षबाट नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको भारत भ्रमणको कुरा प्रचारमा आयो। कोइरालाका कतिपय कुराले उहाँले भारतीय पक्षको समर्थन नगरेको अवस्था छ। त्यसैले कोइरालालाई समेत आफ्नै कित्तामा ल्याउन कोइरालालाई भारतको भ्रमण गराइएको चर्चा छ। कोइराला भारतको भ्रमणमा रहँदा गिरिजाप्रसाद कोइरालालाई जत्तिकै सम्मान भारतीय पक्षले दिएको छ। यस्तो अवस्थालाई ‘सुशील कोइराला अबको प्रधानमन्त्री’ भनी प्रचार शुरु भएको छ। विदेशीले नेपाली नेताहरुलाई फुटाएर आफ्नो स्वार्थसिद्ध गर्दै आएको कुरालाई भने ख्याल नगरिनु मुर्ख्याइ हुनेछ।
No comments:
Post a Comment